Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै

  • दिलकुमार लिम्बु
  • ५ वर्ष अगाडि

ताप्लेजुङ, २९ असोज । विगतका वर्षहरूमा लिम्बू समूदायको दसैँ मार हन्ने र धुमधामसंग दसैँैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्सैँन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आज भोलि लिम्बू समूदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ ।

विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोपभएसँगै लिम्बुहरूको दर्सैँै मान्ने संस्कृति पनि लोप हुदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समूदायले सांस्कृतिक सद्भावका रूपमा भने दसैँैँ पर्व मनाउने गरेको पाइन्छ ।

हाल धर्म विशेष संस्कार वा चाडपर्वहरू आपसी सद्भाव तथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात मनाउने गरेका छन् । गैर हिन्दू अर्थात फरक धर्मावलम्बी वा समुदायले त्यस्ता चाडपर्वहरू मनाउने गर्नाले कतिपय पर्वहरू साझाजस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दापनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दसैँैँ पर्व दही अक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् ।

सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिलेपहिले भव्य रूपमा सेतो टीका जमरा लगाएर साथै निशान प्रदर्शन गरेर र मार काटेर दसैँैँ पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दसैँैँ मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाहरूको भनाइ छ ।

आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दसैँैँ पर्व टीकाको दिन आफूभन्दा सानालाई दही अक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्यहरू जुटेर दसैँैँ पर्व मनाउने गरिए पनि लिम्बू समूदायका अगुवाले दसैँैँ सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दसैँैँ मनाउन र टीका लगाउन बाध्य बनाइएको बताए ।

राज्य एकीकरणका क्रममा लिम्बू सुब्बाहरूलाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दसैँैँ नमनाए सबै जिम्मावाल अर्थात अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दसैँैँमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउँछन् ।

सुरुमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगै पछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समूदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् ।

लिम्बूलाई सुरुमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झाना स्वरुप अहिले लिम्बूले दही अक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किराँत समुदायको चाड नभए पनि साँस्कृतिक सद्भावकै लागि दसैँैँ मनाउँदै आएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताए ।

पछिल्लो समय लिम्बू समूदायमा चेतनाको विकास हुँदै गएपछि दसैँैँमा सेतो टीका र जमरा लगाउने तथा पञ्चावली गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com