Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

हुलाकी राजमार्गले स्थानीयमा ल्याएको परिवर्तन

  • ४ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

झापा, ९ माघ । गौरीगञ्ज-१ का ७३ वर्षीय रामप्रसाद प्रसाईं २०३२ सालमा यहाँ आउँदा जग्गा प्रतिबिघा १०/१२ हजार थियो । वरिपरि जंगल थियो । भारतबाट आउने डाकाका कारण बस्नै मुस्किल थियो । जंगलको बीचमा चिठ्ठी बोकेर हिँड्ने हुलाकी हिँड्ने सानो बाटो थियो । ‘म त सानैमा आसाम गको थिएँ । फर्केर आउँदा बुबाआमा यो ठाउँमा बस्नुभएछ । मलाई त बस्ने मनै थिएन । तर, बुबाआमाका कारण बाध्य भएर बसेँ,’ प्रसाईं भन्छन्, ‘यहाँ त पहिला त बिरक्त लाग्ने ठाउँ थियो । भारतका डाकाले गोठबाटै गोरु चोरेर लैजान्थे ।’ आसाममा गाई पालेर ल्याएको पैसाले चार बिघा जमिन किने । उनको जमिन हुलाकी हिँड्ने बाटोसँगै जोडिएको थियो ।

पछि हुलाकी हिँड्ने बाटोमा ठूलो सडक बनाउने चर्चा सुरु भयो । हुलाकी राजमार्ग बन्छ भन्ने उनलाई पत्यार थिएन । ‘हामी आएको केही वर्षबाट नै हुलाकी राजमार्ग बन्छ भन्ने चर्चा सुनेका थियौँ । तर, लामो समयसम्म हल्ला मात्र भयो कसरी विश्वास गर्ने ?,’ उनी भन्छन्, ‘पहिला त कहाँ आएर पसेँ जस्तै हुन्थ्यो । हुलाकी राजमार्गभन्दा पहिला जताततै बाटो बन्यो ।’ अहिले उनको घरै अगाडि हुलाकी राजमार्ग छ । कालोपत्रे सडक छ । गत वर्ष हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्जको रतुवा नदीदेखि माई नदीसम्म सडक कालोपत्रे भएको छ । ‘यो ठाउँमा त पिच सडक देख्ने आस नै थिएन । तर, पोहोर साल घरै अगाडि सडक कालोपत्रे भयो,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा भए पनि कालोपत्रे सडक घरै अगाडि आयो । यो खुसी त कसरी व्यक्त गरौँ ?’

गाई पालेर दूध बेचेर खाने प्रसाईंको जीवनमा हुलाकी राजमार्गले ठूलो परिवर्तन आएको छ । राजमार्ग सञ्चालनमा आएपछि उनले उत्पादन गरेको दूधले बजार पाउने आस उनको छ । उनको चार बिघा जग्गाको मूल्य आकाशिएको छ । हुलाकी राजमार्ग आएसँगै विगतमा मूल्य नै नभएको यो ठाउँको जग्गा किन्न दैनिक मान्छेहरू आउने गरेको उनी बताउँछन् ।

‘मेरो त सबै जग्गाको मुख हुलाकी राजमार्गमा पर्छ । जग्गा करोडौंको भएको छ । अहिले १५-२० लाख कठ्ठाले माग्न आएका छन्,’ उनी भन्छन्, ‘राजमार्ग सञ्चालनमा आएपछि त झन् भाउ कहाँ पुग्छ होला ?’

हुलाकी राजमार्गअन्तर्गत गौरगञ्ज-२ का होमनाथ निरौलाको नाै कठ्ठा जग्गा छ । विगतमा जग्गा विक्री गर्छुभन्दा पनि नबिकेको जग्गा किन्न अहिले दैनिक ग्राहक आउँछन् । ‘पहिला त आवश्यक परेर बेच्छुभन्दा पनि विक्री हुँदैन थियो । अहिले दिनैपिच्छे मान्छे आउन थालेपछि अचम्मित छु,’ उनी भन्छन्, ‘राजमार्ग संचालनमा आएपछि जीवनस्तर नै होला भन्ने आस छ ।’

राजमार्ग आउँदा स्थानीय पवित्रादेवी दाहाल खुसी छिन् । तर राजमार्गले जग्गाको मूल्य बढाएर मात्र केही नहुने उनी बताउँछिन् । ‘जग्गा खासै छैन । जग्गाको भाउ बढेर मात्र के हुन्छ र ? हामी जग्गा खासै नभएका मान्छेले के बेच्नू ?,’ उनी भन्छिन्,‘गाउँमा रोजगारी, अस्पताल आए पो हामीले सुख पायौँ भन्न मिल्थ्यो ।’

हुलाकी राजमार्गले स्थानीयमा खुसी त ल्याएको छ । तर, राजमार्गअन्तर्गत पर्ने नदीहरूमा दशकदेखि पुल निर्माण नहुँदा स्थानीय चिन्तित् छन् । पुलकै कारण आफ्नो जीवनकालमा राजमार्ग नचल्ने हो कि भन्ने चिन्ता पनि छ । ‘सडक त बन्यो । तर, दश वर्षभन्दा धेरै समयदेखि माई, बिरिङलगायतको पुल बनेको छैन । यसले हामीलाई एकदमै चिन्ता थपेको छ,’ रामप्रसाद भन्छन्, ‘हाम्रो जीवनकालमा यी पुल त चल्ला जस्तो लाग्न छाड्यो । सरकारले पनि पुल निर्माणमा ध्यान दिनुपर्‍यो । नभए त सडक मात्र बनेर के गर्नू ? प्रयोग भएन भने के काम ?’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

नलगाडको मेयरमा माओवादी केन्द्र र उप मेयरमा कांग्रेस विजयी

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki