Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

  • ३ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

झापा, ८ फागुन । बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चहान्छन् । तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन । स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए । गाउँमा सामान ओसारपसारका लागि सानो सवारी किन्न पाए राम्रै कमाई हुने उनको बुझाइ थियो । गत फागुनमा बेला मोटर्सको ३ चक्के पेट्रोल इञ्जिन भएको मालबाहक गाडी हेरे । गाडीको दाम थियो- ६ लाख ४२ हजार रुपैयाँ। फाइनाइन्स गरेर पनि उनले सवारी पाउने भएपछि तीन लाख ५० हजार रुपैँया बिर्तामोडको आरती-बुद्धमा नगद बुझाए । बाँकी सहकारीबाट फाइनाइन्स गरे ।

गाउँमा काठ, सिमेन्ट, धानपराललगायतका वस्तु ढुवानी गरेर राम्रो आम्दानी गर्न सक्ने सपना थियो, उनको । ‘विदेश जानुनपरोस्, नेपालमै केही गर्न पाइयोस् भन्ने थियो,’ उनले भने, ‘सबैभन्दा उपयुक्त यही सवारी हुने देखेर किनेँ ।’

गाडीमा प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने भनेर विज्ञापन गरिएको थियो । उनलाई निकै किफायती लाग्यो । तर, विज्ञापन ३५ किलोमिटरको भए पनि गाडी ६ देखि १० किलोमिटर मात्र माइलेज दिएको उनको गुनासो छ । ‘माइलेज मात्र हैन गुड्दागुड्दै इन्जिन तातिन्थ्यो । बीच सडकमै बेलाबेला इन्जिन बन्द नै हुन्थ्यो,’ उनी भन्छन्, ‘समस्याले त हैरान बनायो । समस्या कति कति ।’

गाडीले हैरानी दिएपछि उनले तीन महिनामै गाडी फिर्ता गरे । ‘कमाईको साटो उल्टो खर्च हुने देखियो । त्यसैले फिर्ता गरेँ,’ उनी भन्छन् । कन्काई ३ का वेदप्रकाश जैनले पनि यही गाडी किनेका थिए । विज्ञापनमा ३५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ भनेपछि उनी हौसिएका थिए । सवारी चालक राखेर सामान ओसारपसार गर्न सुरु गरे । ‘तर, गाडीले तेल हैन पानी खाएजस्तो लाग्यो,’ उनी भन्छन्, ‘एक महिनामा चार जना ड्राइभर नै फेरेँ । ३५ किलोमिटर माइलेज दिन्छ भनेर किनेको, तर चालकले १० किलोमिटरभन्दा माइलेज दिएन भनेपछि चालकले तेल चोरी गरेको जस्तो पो लाग्यो ।’ मजदुरी गर्दै आएका जैनले १२ धुर जग्गा धितो राखेर गाडी किने थिए ।

बेला मोटर्स प्रा.लिको आधिकारिक विक्रेता आरती बुद्ध अटोमोबाइल्स प्रालिबाट ३ चक्के चारवटा मालबाहक सवारी विक्री भएको थियो । तर, चारवटैमा समस्या आएको आरती बुद्ध टीका ओडारीले जानकारी दिए । गाडीमा भएको समस्याबारे जानकारी गराउँदा पनि बेवास्ता गरेको बताए । आफूले ग्राहकको पैसा फिर्ता दिएको उनले बताए ।

‘मजदुरी गर्नेले गाडी खरिद गर्नुभएको थियो । ऋण लिएर खपरिद गर्नुभएको थियो । क्यास दिएको पैसा फिर्ता दिएँ । किस्ताको जिम्मेवारी पनि मैले लिएको छ,’ उनले भने, ‘करिब २६ लाखको भार मैले लिएँ । कम्पनीलाई जानकारी गराउँदै सधैँ बेवास्ता गर्छ । म दोहोरो मर्कामा परेँ ।’

१९ मंसिर २०७८ मा बेला मोटर्सका बजार प्रतिनिधि निर्मल पाण्डे आएका थिए । उनले गाडी खरिदकर्ता आरती बुद्धका ओडारीसँग समस्या समाधान गर्ने लिखित कागज गरे । इलाका प्रहरी कार्यालय अनारमनीमा यो सम्झौता भएको थियो । त्योबेला एक हप्ताभित्र समस्या समाधान गर्ने सहमति भएको थियो । तर, अहिले भने प्रहरी प्रशासनमा जान धम्की दिँदै आएको ओडारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्राे व्यापार, दैनिक २ हजार ५०० आम्दानी

देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki