Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रुसबाट हिँडेका ११ नेपाली लिथआनिया र बेलारुसको जंगलमा अलपत्र

  • ४ वर्ष अगाडि

लण्डन, २९ ।युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपाली नेपाली दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

युद्धमा अलपत्र परेका नेपालीलाई जर्मनीस्थित नेपाली दुतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन् । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए ।

उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आउनु भएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिड्नु भएको जानकारी दिए ।

रुस-युक्रेन द्वन्द्व पीडित नेपाली हाल दुतावासको सम्पर्कमा आउन छाडेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकमा खड्काले केही बिचौलीया युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रसिया-बेलारुस युक्रेन हुँदै युरोप ल्याउन  सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

खड्काले युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेकाे हाे ।  नेपाल फर्किएका १० जनामध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए । उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरुको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताए ।  युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।

लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र

रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् ।  उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन् । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदुत रामबाबु खड्काले ती नेपालीहरु युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामा मार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गरे ।

खड्काले उनीहरुको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com