Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

लमजुङमा धान रोपाइँ सुरु

  • ३ हप्ता अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

लमजुङ,२७ जेठ । लमजुङका उच्चपहाडी क्षेत्र चिसो ठाउँ र लेक क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाको एक हजार ६०० मिटर भूभागमा धान रोप्न सुरु गरिएको हो । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले लमजुङका ६०० देखि एक हजार ६०० मिटर उचाईसम्म धानको ब्याड राखिएको छ । पानी पर्याप्त भएका ठाउँमा धान खेती भइरहेको छ ।

अधिकांश ठाउँमा जेठको पहिलो साता र असार पहिलो साताबाट रोपाइँ सुरु हुन्छ । केन्द्रका अनुसार चिसो ठाउँ र लेक क्षेत्रमा धान रोप्न थालिएको छ । चाँडै मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । मर्स्याङ्दी गाउँपालिका-५ घेर्मुका किसानले घेर्मुफाँटमा धान रोप्न सुरु गरेका छन् । लमजुङमै सबैभन्दा पहिले धान रोप्ने कार्य सुरु गरिने ठाउँ भनेर घेर्मुलाई चिनिन्छ ।

चिसो ठाउँ भएकाले र प्रशस्त पानीको सुविधा भएकाले धान रोपाइँ सुरु गरेको स्थानीय बबिता घलेले बताइन् । उनका अनुसार एकसातादेखि धमाधम धान रोपाइँ भइरहेको छ । घेर्मुमा १७ जेठबाट रोपाइँ थालिएको हो । लुमजुङको ठूला-ठूला फाँटहरु राइनासटार, धमिलिकुवाँ, रामचोकबेंसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै सुरु हुने गर्छ ।

किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

बोरामा शव, टाउकोमा चोट

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki