Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

सडक व्यवस्थापनले धनगढीको सवारी जाममा कमी

  • मोहन जोशी
  • २ हप्ता अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

धनगढी, ६ असार । केही महिना अघसम्म कार्यालय समय सुरु हुने समय र बिदा हुने समयमा धनगढी स्थित मुख्य सडकको एल.एलचोकदेखि अस्पताल लाइनसम्म दैनिक सवारी जाम हुने गर्दथ्यो । पछिल्लो ५ महिनामा भने त्यसतो समस्या केही कम भएको छ । मुख्य बजार क्षेत्रमा सवारी जाममा पर्ने अवस्था आएको भन्दै नागरिकको गुनासो हुने गरेको भए पनि अहिले सो समस्या केही कम भएको हो । मुख्य बजार क्षेत्रमा मनोमानी पार्किङ गर्ने सवारी धनीलाई कारवाही गर्ने र विद्युतिय रिक्सामा निर्माणका सामाग्री बोक्न रोक लगाएपछि अहिले सो समस्या कम भएको प्रहरीको भनाइ छ ।

‘बजारमा जथाभावि सवारी पार्किङ गरेर सडक साँघुरो बनाउने, अनि सडकमै ठेला व्यवसाय सञ्चालन गरेर नागरिकको भीड लगाउने क्रम बढेका कारण सवारी जामको अवस्था आएको थियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिल सिंहले भने, ‘तर अहिले हामीले सडकमा जथाभावि सवारी पार्किङ गरे ह्वील लक गर्ने, जरिवाना तिराउने जस्ता काम गरेर जथाभावि पार्किङ गर्न रोक लगाएका छौं, यसका साथै सडकमा ठेला व्यवसाय सञ्चालन गर्न नदिंदा सवारी जाम केही घटेको छ ।’ विद्युतिय रिक्सामा निर्माण सामाग्री बोकेर सडकको क्षेत्र धेरै आगट्ने गरेका कारण पनि सवारी जाम हुने गरेको भनदै उनले मुख्य सडकका विद्युतिय रिक्सालाई अहिले निर्माण सामाग्री बोक्न नपाउने व्यवस्था गरिएको उनले बताए ।

सवारी जाम हुनुमा कर्मचारीले राम्ररी ड्युटि पुरा नगर्नुपनि कारण देखिएको उनि बताउँछन् । ‘ड्युटिमा खटिएका कर्मचारी सितलमा गएर बस्ने, कसैसंग गफमा भुलिने गरेको पाइयो,’ ट्राफिक इन्चार्ज सिंहले भने, ‘अहिले ट्राफिकको ड्युटिमा पनि कडाई गरिएको छ, कतै समस्या परेमा क्यू.आरटी टोलीले तत्कालै त्यहा पुगेर समस्या समाधान गर्ने गरेको छ, जस्का कारण अहिले सडक जाम हुने अवस्था आएको छैन, तर दिन प्रतिदिन बढ्दै गएको सवारी चापलाई यहाँको सडकले धान्ने अवस्था भने छैन ।’

उनले ६ लेन सडक खण्डमा विद्युतिय रिकसा चल्न बन्द गरिनुपर्ने बताए । विद्युतिय रिक्साका कारण ६ लेन सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै उनले सो क्षेत्रमा रिक्सा सञ्चालन गर्न नपाइने गरी तत्काल कार्यविधि बनाइनु आवश्यक रहेको बताए ।

बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नसक्दा सवारी जाम संगै दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीको मुख्य बजार क्षेत्रमा चल्ने अटो रिक्सामा जोर बिजोर प्रणाली समेत लागु गरेको थियो । यसैगरी ६ लेन सडक खण्डको चटकपुर क्षेत्रमा पार्किङ गरिंदै आएका ट्याङ्करलाई नेष्नल ट्रडिङ हाउस धनगढीको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

सवारी जामको समस्यालाई मध्यनजर गर्दै ६ लेन सडक खण्डको चौराह क्षेत्रमा राखिएका डिभाईडर समेत प्रहरीले हटाइउन लगाएको छ । ‘डिभाइडरको भित्र पट्टी ठेला व्यसाय सञ्चालन गरिदा सडक अबरुद्ध हुने स्थिती बन्यो,’ सिंहले भने, ‘डिभाईडर बाहिर सवारी साधन पार्किङ गरिदा पुरै सडक जाम हुने देखिएपछि डिभाइडर हटाइएको हो, अव सडकमा ठेला व्यवसाय गर्न पाइने छैन, चौराह क्षेत्रमा यात्रु चढाउने र ओराल्न (पिक एण्ड ड्रप) पार्किङका लागि सार्वजनिक सवारी ५ मिनेट बढी रोक्न नपाइने व्यवस्था गरिएको छ ।’

उनले धनगढीमा जथाभावि सवारी पार्किङ गरेको पाइएमा सवाहरीको ह्वील लक गर्ने गरिएको बताए । ट्राफिक इन्चार्ज सिंहले ६ लने सडकमा लेन अनुसार सवारी चलाउन पनि अनुरोध गरेका छन् । अहिले सवारी धनिले आफ्नो साईड भन्दा विपरित दिशाबाट पनि सवारी सञ्चालन गर्ने गरेको भन्दै उनले त्यसो गरेको पाइएमा अव कारवाही गरिने बताए ।

सिंह ट्राफिक प्रहरी प्रमुख भएर धनगढी आएसंगै उनले सवारी व्यवस्थापनलाई कडाई गर्दै आएका छन् ।

ट्राफिक कार्यलय आउनु अघि सिंहले धनगढीको वडा प्रहरी इन्चार्जका रुपमा काम गरेका थिए । वडामा काम गर्दा उनले ट्राफिकमा भएका समस्या राम्ररी बुझ्ने मोका समेत पाएका थिए । जसका कारण ट्राफिक व्यवस्थापनमा सहज भएको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

बोरामा शव, टाउकोमा चोट

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki