Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा

  • १ महिना अगाडि

खोटाङ, २० असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो । ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले सार्वजनिक गरेका छन् ।

हलेसी गढीको इतिहासलाई अभिलेखीकरण एवं संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरणका लागि इतिहास खोतलेर पुस्तक र भिडियो वृत्तचित्रमा संग्रहित गरिएको हलेसी गढी संरक्षण कार्यदलका संयोजक भूपेन्द्रकुमार राईले बताए । पुस्तक नेपाली, चाम्लिङ र अंग्रेजी भाषामा लेखिएको छ । कार्यदलले दिएको जिम्मेवारी अनुसार मुन्दुम अध्ययन–अनुसन्धाता भोगीराज चाम्लिङले इतिहासकार, विज्ञ, लेखक, संस्कृतिविद र गढीका इतिहास जानकार स्थानीयसँगको अध्ययन र कुराकानीका आधारमा ‘होलैसुङ र हलेसी गढी’को दस्ताबेजीकरण गरेका हुन् । भिडियो वृत्तचित्र भने पत्रकार दिपेन्द्र राईको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।

हलेसी गढीमा करिब चार सय वर्ष पहिले किरात राजा होलेसुङले राज्यसत्ता सञ्चालन गरेका थिए । हलेसीथुमका तिनै प्रथम कविला होलेसुङकै नामबाट ठाउँको नाम नै हलेसी रहन गएको इतिहास छ । किराती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा बिक्रम सम्बत १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको अध्यता चामलिङ बताउँछन् ।

हलेसी गढीको ऐतिहासिक पुस्तक तथा वृत्तचित्रले भविष्यमा गढीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ‘ऐतिहासिक हलेसी गढीको इतिहास, कथा–कहानी हाम्रा पुर्खाले भन्दै गए, सन्ततिले सुन्दै आए । स्मृतिका कुरा पुस्तान्तरणसँगै क्रमशः विस्मृत हुँदै गएका छन् । गढीमा रहेका पुर्खाको चिनो, पुरातात्विक महत्वका विभिन्न भौतिक पहिचान हराउँदै नासिँदै गइरहेका छन्,’ कार्यदलका संयोजक राईले भने, ‘गढीको अस्तित्व जोगाएर यसैबाट आत्मकसम्मान र आयश्रोत प्राप्ति गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्ने नैतिक दायित्व र जिम्मेवारीबोध गरिएको हो । यसबाट इतिहास, संस्कृति र गढीलाई पर्यटनसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

कवि तथा गीतकार भुपाल राई, किरात राई यायोक्खाका पुर्वअध्यक्ष एबं संस्कृतिकर्मी चतुभक्त राई, डा. धनप्रसाद सुवेदी, डा। भक्त राई, लेखक चन्द्रकुमार राई हतुवाली, संस्कृतिकर्मी शालिक सताशक, दलका नेता, वडाध्यक्ष लगायतको उपस्थितिमा ‘होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’ सार्वजनिक गरिएको हो ।

हलेसी गढीको संरक्षण र संवद्र्धनका लागि नगरपालिकाकै पहलमा २१ असार २०७८ मा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक अन्तरगत दुर्छिमको छापडाँडा भन्दा केही माथि र रावाचुङगढी नजिकै रहेको हलेसीगढी पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य एबं ऐतिहासिक अध्ययनको केन्द्रकारुपमा विकास हुँदै गएको छ । सल्लाघारीले ढाकेको हलेसीगढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोके पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास

बिहीबारसम्म वर्षाको सम्भावना, आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?

ताजा समाचार

बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
बजेटप्रति ओली कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : [email protected]
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki