Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

  • नेपाल सञ्चार
  • ९ महिना अगाडि

बागलुङ , २७ असोज । बागलुङको कालिका भगवति मन्दिरमा यो दशैमा चार लाख दर्शनार्थी भित्रिएका छन् । वडा दशैंको अवसर घटस्थापनादेखि नवरात्र सम्म चारलाख भन्दा बढीले कालिका मन्दिर दर्शन तथा पुजा अर्चनामा सहभागी भएका हुन् ।
पछिल्लो समय कालिका मन्दिरको महिमाको प्रचार प्रसार र दशैंमा घुम्न निस्कने धार्मिक पर्यटकहरु कालिका मन्दिरमा आएको र मन्दिरमा दशैं र चैते दशैंमा बढी महत्वका साथ भक्तजनहरु पुग्ने गरेका छन् । दशैंको पहिलो दिन घटस्थापना देखि नवरात्रको दिन सम्म करिब चार लाख भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

कालिका मन्दिरमा मुस्ताङ भ्रमणका लागि हिडेका स्वदेशी तथा विदेशी पर्यटकहरु समेत आउन थालेपछि धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको हो । विशेषगरी भारतीय पर्यटकहरु समेत पछिल्लो समय मन्दिर दर्शनका लागि आउने गरेका छन् ।
खड्काका अनुसार भक्तजनहरुका सवारीसाधनले कालिका मन्दिरको पार्कीङ स्थल भरिएका कारण रामरेखा सामुदायिक वनको पार्कीङमा अतिरिक्त व्यवस्थापन गरिएको थियो । कालिका मन्दिरमा सबैभन्दा बढी एक लाख भन्दा बढी दर्शनार्थी आएका थिए । मन्दिरमा भाकल गर्ने, पशु बली गर्नेको समेत भीडनै लागेको थियो । दर्शनार्थीका लागि सुरक्षा व्यवस्था मिलाइएको थियो । मन्दिरमा दर्शनार्थीको चापलाई मध्यनजर गरी दुईवटा लाईनको व्यवस्था मिलाइएको थियो ।
मन्दिरमा बली दिने परम्परा विस्तारै घटेपनि नरिवल चढाउने र दान गर्ने परम्पा बढ्दै गएको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली हुने गर्दछ भने परेवाको बली दिन निषेध गरिएको छ । मन्दिरमा परेवा उडाउन मात्र पाइने गरिएको छ ।
देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दशैंको रौनक देखिएको छ भने कालिका मन्दिर आउने पर्यटकहरु चढेका सवारीधासन व्यवस्थापनमा ट्राफिक प्रहरीलाई हम्मे परेको छ ।
बागलुङ जिल्ला सहित छिमेकी जिल्ला म्याग्दी, मुस्ताङ, पर्वत र चितवन, बुटवल, काठमाण्डौं, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका बढी भक्तजन आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

दशैं र तिहारमा मुस्ताङ भ्रमणका लागि आउने हजारौं पर्यटकहरु कालिका मन्दिर आउन थालेपछि मन्दिरमा आउिने धामिर्कक पर्यटकहरुमा वद्धि भएको हो ।

दशैं र चैते दशैंमा कालिका मन्दिरमा भीड लाग्ने गरेको छ । ३ सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भएपनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटकहरु बढ्दै आएका छन् । प्रसिद्ध शक्तिपिठ भएकोले कालिकाको पूजा गर्नाले मनोकामना पुराहुँने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार महासंघ बागलुङले रजत जयन्ती मनायो, सात पत्रकार पुरस्कृत

अन्तर शाखा फुटसल प्रतियोगिताको उपाधि कास्की शाखालाई

रास्वपाकि केन्द्रीय सदस्यलाई सम्पर्कमा ल्याउन इमेज पिडितद्वारा ज्ञापनपत्र

काठेखोला गाउँपालिकाको नौं वर्षपछि प्रशासनिक भवन निर्माणका लागि ठाउँ टुंङ्गियो

एडियु जोन एकजुकेश एण्ड भिषा सेन्टर बागलुङको बुर्तिबाङमा

धान दिवसको अवसरमा कृषक पुरस्कृत

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com