Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मौलिक संस्कृतिको पाठ सिकाउँदै विद्यालय

  • ४ वर्ष अगाडि

म्याग्दी , ३ असोज । म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त नैतिक आचरण, मौलिक संस्कृति र परम्परागत संस्कारका कुरा सिकाउन थालिएको छ । यहाँका मगर, छन्त्याल, थकाली र नेवार समुदायले आआफ्नो पुख्र्यौली भाषाको संरक्षणमा चासो देखाउन थालेका छन् ।

विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त नैतिकता, संस्कार र संस्कृतिमा परिपक्व बनाउने मूल उद्देश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको विद्यालयले जनाएका छन् । किताबी ज्ञानले मात्र मानिसको वैयक्तिक विकास हुन नसक्ने र कर्तव्यनिष्ठ बन्न नसक्ने तथ्यलाई औँल्याउँदै यहाँको अर्जुन मावि, बुद्ध एकेडेमी, बेनी सामुदायिक, भानु माध्यमिकलगायत धेरै विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृति, भेषभूषा, चाडपर्व र नातागोताका बारेमा सिकाउने गरेका छन् ।

बेनी नगरपालिका–२ बगरफाँटको बुद्ध एकेडेमी विद्यालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार विद्यार्थीलाई जातीय पहिचान खुलाउने पहिरनमा स्वेच्छिक रूपले विद्यालय आउन र मातृभाषा बोल्न पाउने अवसर दिएको विद्यालयका प्रिन्सिपल राजु किसानले बताउनुभयो । विद्यार्थीलाई सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा र भेषभूषाको सम्मान गर्नुका साथै संरक्षण गर्न सिकाइ रहेको उहाँको भनाइ छ । मौलिक संस्कृतिका विषयमा नयाँ पुस्ता परिचित हुनुपर्छ भन्ने मान्यताले विद्यालयले फरक कार्यक्रम सञ्चालन गर्दै आएको हो । त्यसै गरी सदरमुकाम बेनी बजारको बेनी सामुदायिक माविले विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षाका अतिरिक्त नैतिक बल र चारित्रिक सीप विकास गर्ने खालको कार्यक्रम आयोजना गर्दै आएको छ । विद्यार्थीको शारीरिक, बौद्धिक, मानसिकलगायत चौतर्फी विकासका लागि नियमित रुपमा विभिन्न किसिमका कार्यक्रम आयोजना गरिँदै आएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

विद्यालयले अभिभावकसँग छलफल गरी महिनाको अन्तिम शुक्रबार बालबालिकालाई जातीय पोशाकमा पठाउन आग्रह गरेपछि बालबालिका विभिन्न जातजातिको भेषभूषामा सजिएर विद्यालय आउने गरेका छन् । विद्यालयको पढाइसँगै विद्यार्थीले आफ्नो संस्कृति, भेषभूषा, भाषालगायत कुरामा जानकारी राख्न र विद्यालयमा शिक्षा मात्रै होइन धर्म र संस्कृतिको बारेमा ज्ञान दिन सो अभियानको थालनी गरिएको अर्जुन माविका १० जोड दुई संयोजक रघुनाथ सापकोटाले बताउनुभयो ।

मगरको बाहुल्यता रहेको म्याग्दीमा पछिल्लो समय आफ्नो पुख्र्यौली भाषाप्रति सो समुदायको मोह बढ्दै गएको छ । सो समुदाय लोपोन्मुख मगर ढुट भाषाको जगेर्ना गर्न जुटेका छन् । १८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन् १६०० मा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका बताइन्छ । पछिल्लो समय जिल्लाका विभिन्न मगर समुदायको बाहुल्यता रहेका बस्तीमा मगर भाषा कक्षा सञ्चालन हुँदै आएका छन् ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएको भनाइ छ । लोपोन्मुख मगर भाषाको संरक्षणका लागि यहाँका बुद्ध एकेडेमी, न्यू वेष्ट प्वाइन्ट लगायतका विद्यालयमा मगर भाषामा अध्ययन हुँदै आएको छ । त्यसै गरी थकाली र नेवार समुदाय पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । जातीय र भाषिक पहिचान झल्कने विभिन्न किसिमका कार्यक्रम सदरमुकाम बेनीमा सञ्चालन हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com