Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तीन मूल सडकको बीचमा जाजरकोट

  • हेमन्त केसी
  • ४ वर्ष अगाडि

जाजरकोट, ४ असोज । दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको बीचमा जाजरकोट रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको कामसमेत जारी रहेको छ । यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ‘ट्र्याक’ खोल्ने काम सम्पन्न भएको निर्माण कम्पनी सिंह एण्ड ब्रोदरका विश्वास उप्रेतीले जानकारी दिनुभयो ।

निर्माण कम्पनी ब्रोदरले लिएको ठेक्कामध्ये जाजरकोट कुदुदेखि स्याउलीबजार सम्मको १७ किलोमिटरमा कालोपत्रको काम सम्पन्न भएर स्याउलीदेखि कार्कीगाउँ सम्मको १७ किलोमिटरमा पिचको काम जारी रहेको छ । कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटरमा समेत काम जारी रहेको छ । मन्ताभिर फोडेर कामलाई तीव्रता दिइएको उप्रेतीले जानकारी दिनुभयो ।

थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको कालोपत्रको काम पनि सकिएको छ । थलह बजारमा रहेको नदीमा पुल निर्माण नहुँदा निर्माणका सामग्री लिन समस्या भइरहेको निर्माण कम्पनीले बताएका छन् ।

यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ । त्यस्तै भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको पासागाड रिम्ना सडकखण्डको कालोपत्र चालु आर्थिक वर्षभित्र पूरा गरिने यती विल्ड्रस प्राली सातदोबाटो ललितपुरका गोरखबहादुर केसीले जानकारी दिनुभयो । सत्र किलोमिटर लम्बाई रहको यो सडकलाई दुई खण्डमा विभाजन गरेर कालोपत्र गर्न लागिएको उहाँले बताउनुभयो ।

छत्तीस महिनाभित्र निर्माण कार्य पूरा गर्ने भन्दै रिम्ना–तल्लुसम्मको कामसमेत सुरु भएको छ । ४० किलोमिटर लम्बाई रहेको उक्त सडकमा कालोपत्र गर्नका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको केसीले जानकारी दिनुभयो । यो सडकसमेत चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दाबी छ ।

भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा ‘बेलिव्रिज’ पुल निर्माण भएर सवारीसाधन आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश वस्यालले जानकारी दिनुभयो ।

डोल्पाखण्डकै रुपगाडमा मात्र ‘बेलिव्रिज’ पुल निर्माण हुन बाँकी रहेको छ । त्यस्तै जाजरकोट र रुकुम पश्चिमकोबीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा लगत्तै सुरु हुने उहाँले जानकारी दिनुभयो । जाजरकोटमा रहेको नलगाड नदीमा ‘बेलिव्रिज’ पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै लुम्बिनी–रारा सडकखण्डको कामसमेत जारी रहेको छ । भेरी करिडोरको काम जति छिटो सकिन्छ जाजरकोट र डोल्पामा निर्माण कार्य जारी रहेका जलविद्युत् आयोजनाको कामलेसमेत तीव्रता पाउने देखिन्छ । नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट यही सडक खण्डका बीचमा पर्दछन् । भेरी करिडोर सडकको छेउमै रहेको नलगाड नगरपालिका–७ स्थित दल्लीमा नलगाड जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण हुनेछ ।

त्यस्तै ताक्सुगाड जलविद्युत् आयोजना (७ मेगावाट) समेत भेरी करिडोरभित्र नै पर्दछ । जगदुल्ला जलविद्युत् आयोजना (ए) ८२.३ मेगावाटसमेत यही सडकको बीचमा पर्दछ । जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिवेणीबाट मुड्केचुला–४ इल (विद्युत् उत्पादन गृहस्थल) र जगदुल्ला गाउँपालिका– १ हुरिकोटसम्मा सडक त्रिवेणीबाट नै लिनुपर्ने अवस्था रहेको छ । जगदुल्ला जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्र निर्माणको चरणमा जाने जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

त्रिवेणीबाट हुरिकोटसम्मको ४५ किलोमिटरमध्ये सडक निर्माणका लागि वातावरणिय प्रभाव मूल्याङ्क (इआइए) बाँकी रहेको छ, ४५ किलोमिटरमध्ये ३० किलोमिटरको कच्ची कटानको काम सकिएको र बाँकी १५ किलोमिटर सडक मात्र कच्ची कटान गर्न बाँकी रहेको छ । १५ किलोमिटर सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आइइ) गर्न बाँकी भएकाले काम अगाडि बढाउन नसकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिनुभयो ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त कामलाई सहजीकरण गर्नुपर्ने दायित्व रहेको छ । त्रिवेणीस्थित भेरी नदीको पुल निर्माण कार्यसमेत ढिला हुँदा समस्या भएको छ । अब वर्षायाम सकिनवित्तिकै उक्त काम सुरु हुने सापकोटाले जानकारी दिनुभयो । यहाँ अन्य साना पुल सात वटा निर्माण गर्न बाँकी रहेको छ । यी सबै पुल कम्पनीले नै निर्माण गर्नेछ । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

क्षमता भन्दा बढि यात्रु नबोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com