Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला

  • २ महिना अगाडि

कालीकोट । कालीकोटको शान्नीत्रिवेणी गाउँपालिका –३ सिस्नेगडा कर्णाली नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । घाँस काट्न गएका स्थानीय महिलाले नदी किनारमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुबराज बमका अनुसार आफ्नो कमाण्डमा गएको प्रहरी टोलीले शवको उद्धार गरेर जिल्ला अस्पताल कालीकोटको शवगृहमा राखेको बताउनुभयो ।

पहिचान हुन नसकेको मृतक व्यक्ति अन्दाजी ४५ देखि ५० वर्ष उम्मेदवारको रहेको बमले बताउनुभयो । प्रहरी निरीक्षक बमले मृतकले खैरो रङको स्वेटर, कालो निलो पट्टा भएको ट्रयाक्सुट, रातो निलो रङको बाउला भागमा सेतो धर्सा भएको जाकेट लगाएको बताउनुभयो ।

उहाँको वर्ण गहुँगोरो, दारी कपाल फुलेको र पाँच फिट उचाइ भएको पुरुषको लास सडेगलेको अवस्थामा रहेको प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

शव सडेकाले कहिले मृत्यु भएको हो यकिन गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । चिसो मौसममा समेत शव सडेकाले धेरै पहिला सडक मुनिबाट लडेर ती व्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

धनुषामा हिरासत फोडेर छ जना थुनुवा फरार

प्रधानमन्त्री र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता

ताजा समाचार

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै
राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै
विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका
विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki