Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो

  • ३ वर्ष अगाडि

लेखनाथ, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो ।

जन्मजयन्तीका अवसरमा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुको साथै कवितावाचन र लेखनाथले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रम गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताउनुभयो । “लेखनाथ पौड्याल नेपाली भाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा प्रख्यात हुनुहुन्थ्यो”, नेता अधिकारीले भन्नुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने कविको रुपमा चिनिने गरेको बताउनुभयो । लेखनाथका हरेक कविताले प्रज्ञाको ज्योति जगाउँनुको साथै आनन्द दिलाउँने खालका रहेको उहाँको भनाइ थियो ।

साहित्यकार सरुभक्त श्रेष्ठले भन्नुभयो, “लेखनाथले कविता मानव जीवनका विषयमा मात्र होइन, मृत्युका विषयमा पनि अकाट्य दार्शनिक कविता कोर्नुभएको छ ।” प्रकृतिको चित्रण र मनमोहक वर्णन त उहाँको काव्यशिल्पको मुटु नै भएको भनाई श्रेष्ठको छ । साहित्यकार तथा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थाल्नुभएका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको देखिन्छ ।

साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाउनुभएको भनाइ राख्नुभयो । सो अवसरमा साहित्यकार हरिदेवी कोइरालाले शिरोमणि लेखनाथकी छोरी कुन्तीदेवी भट्टराईले लेखेको कविता वाचन गर्नुभएको थियो ।

जन्मजयन्तीकै अवसरमा नेपाली भाषा विज्ञानमा विशेष योगदान पु¥याउनुहुने चुडामणि रेग्मीलाई लेखनाथ साहित्य पुरस्कारद्वारा सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

त्यस्तैगरी कुन्तिदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको थियो । ती पुरस्कार २५ हजार राशिका हुन् । त्यस्तैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार सरिता तिमिल्सेनालाई लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ । त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई प्रत्येक जन्मजयन्तीमा पुरस्कृत गरिँदै आइएको छ । उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष एवं साहित्यकार पदमराज ढकालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com