Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

फेरियो दुर्गम बोबाङको मुहार

  • डम्मर बुढामगर
  • ३ वर्ष अगाडि

ढोरपाटन, १५ पुस । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली पनि बदलिएको छ । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गएका छन् ।

स्थानीय पनि शिक्षित बन्दै गएका छन् । यहाँका स्थानीयहरु घुम्ती बसाइँ गर्ने हुँदा बोबाङगाउँमा विकासले गति लिन सकेको थिएन । हिउँदमा बोबाङ र वर्षातको समयमा ढोरपाटन बस्ने हुँदा यहाँ सडक सञ्जाल पनि ढिला पुगेको थियो । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पर्ने यो गाउँ हेर्दा बजारभन्दा कम छैन । बहुप्रतिक्षित ढोरपाटन सिकार आरक्षको ढोकाका रुपमा रहेको बोबाङ गाउँ राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडकले बीच भागबाटै चिररे गएपछि यस ठाउँमा विकासले गति लिन थालेको छ ।

यस सडकले त विकासको दैलो नै खोलिदिएको छ । सडक आएपछि गाउँमा धेरै परिवर्तन आएको स्थानीय बताउँछन् । यो सडक बोबाङलगायत सिङ्गो भुजीखोलेवासीका लागि वरदान साबित भएको छ । सडकले हजारौँको जीवन बदलिदिएको छ । गाउँमा सडक नपुग्दा घण्टौँ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्ने स्थानीय अहिले घरघरमा दोकान सञ्चालन भएपछि दङ्ग छन् । जीवनको अधिक समय गाडी नदेखाका, नचढेका वृद्धवृद्धाहरु घरै अगाडि गाडी गुड्दा चकित छन् । स्थानीय ८३ वर्षीया पुतली विकले आफ्नो जीवनकालमा पहिलो पटक २०६९ सालमा गाडी देखेको बताउनुहुन्छ ।

“हाम्रो जस्तो दुर्गम गाउँमा गाडी आउला भन्ने त हामीले कल्पनासमेत गरेका थिएनौँ, आए पनि हामी मेरेपछि मात्रै आउला भनेका थियौँ, यति छिट्टै गाउँमा गाडी आयो, हाम घाँस दाउरा गरेर खाने मान्छेको गाउँमा गाडी चल्दा खुसी लाग्छ,” विकले भन्नुभयो, “पहिला हामीहरुले गाडी आउँदैन होला भनेर कल्पना गरेको कुरा गलत रैछ, हेर्नु त अहिले घरै अगाडि सररर गाडी गड्छन्, मेरो बुढा (श्रीमान्) ले गोरखपुर पुगेर गाडी देखेको कुरा गर्दा पनि रमाइलो लाग्थ्यो ।”

विकले पहिले गाउँमा गाडी नआउँदा खाद्यान्न किनमेलका लागि बुटवल, पाल्पा र पछिपछि बुर्तिबाङ पुग्ने गरेको स्मरण गर्दै अहिले गाउँमै दोकान पसलहरु खुलेको बताउनुहुन्छ । अहिलेका नयाँ पुस्ताले पुरानो पेसा छोडेर नयाँ व्यवसायहरु गर्न थालेको उहाँको भनाइ छ । पहिले पशुपालन र खेतीपाती गरेर परिवार चलाएकामा अहिले व्यापार, व्यवसायसँगै विदेश गरेर कमाउन थालेको विक बताउनुहुन्छ ।

“पहिले गाउँमा चामल आउँदैनथ्यो, भात खान दसैँ नै आउनुपथ्र्यो । अहिलेको मुख्य खान्की भात हो । चामल ल्याउन, सहर बजार जानु पथ्र्यो, दुई साता लाग्थ्यो । अहिले त घरघरमा दोकान छन्, चामलको अभाव छैन,” उहाँले भन्नुभयो, “गाउँमा पहिलेको जस्तो खेतीपाती र गाईभैँसी पाल्न छोडे, अहिले त पसल खोल्न, सामान बेच्ने, कोही विदेश जाने गर्छन्, दुःख कम छ अहिले त ।”

स्थानीय नरबहादुर पुनले नुन चामल बुटवलबाट बोकेर उपभोग गरेको अनुभव सुनाउँदै अहिले घरमै नुन तेललगायत चाहिने सामान आएको बताउनुभयो । उहाँले त्यस बेलामा आफूहरुले निकै दुःख भोगेको स्मरण गर्दै अबका पुस्ताले त्यो समस्या भोग्न नपर्ने बताउनुहुन्छ । “आजभन्दा ४० वर्षपहिले ११ दिन लगाएर बटौलीबाट नुन, तेल बोकेर खान्थ्यौँ, अहिलेको जस्तो घरघरमा आउने थिएन, बाटोमा बास बस्दै जानुपथ्र्यो, बास बस्दै आउनुपथ्र्यो धेरै दुःख थियो हजुर ऊ बेला, अहिले त जहाँ भन्यो त्यहीँ, जे भन्यो त्यहीँ पाइन्छ,” पुनले भन्नुभयो, “सुविस्ता (सुविधा) भएको छ अहिले, हाम्रा छोरानातिलाई धेरै दुःख गर्नु पर्दैन, यो सुविस्ता म बुढोले पनि लिन पाएँ, निकै खुसी लागेछ, अझै परिवर्तन भइरहेको छ ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

जेनजी आन्दोलनले खोजेको परिवर्तन काङ्ग्रेसमा आएको छ: सभापती थापा

तेस्रो बागलुङ मेयर कपः बेनी, प्रहरी र पैयुँ विजयी

बागलुङमा नेकपाको अन्तरक्रिया

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

मकवानपुरमा खोलामा बगेका व्यक्तिको प्रहरीले गर्‍यो उद्धार

कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान

ताजा समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com