Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लेखनाथवासीको आशा- विमानस्थल बन्यो अब विकास होला कि ?

  • जमुना वर्षा शर्मा
  • ३ वर्ष अगाडि

पोखरा २२ पुस । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् ।

तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार विकास नहुँदा र बत्ति मुनीको अँध्यारोमा रहेको गुनासो गदै आएका छन् ।

यद्यपि हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पूर्वाधार विकासमा सरकारले ध्यान दिएर पर्यटकीय गतिविधि बढाउन सकेमा लेखनाथको समग्र विकासमा भूमिका खेल्ने विश्वास लेखनाथबासीको छ ।

“सात तालको बाटिका शहर” परिचय बनाएको लेखनाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रको पूर्वाधार विकासको खाँचो रहेको बताउनुहुन्छ लेखनाथ होटल एशोसियशनका अध्यक्ष विरभद्र कँडेल ।

“लेखनाथ असाध्यै सुन्दर गन्तव्य हो, प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक हरेक कुराले भरिपूर्ण लेखनाथ सधै ओझेलमा छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि भने यस क्षेत्रको पूर्वाधार विकासमा सरकारको ध्यान जान्छ कि भन्ने आशा लिएका छौ ।”

उहाँका अनुसार पहिले सञ्चालित विमानस्थलबाट लेकसाइड नजिक पर्दथ्यो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड र लेखनाथको बेगनास तालसम्मको दूरी उस्तै भएकाले पर्यटक लेखनाथसम्म आउने अपेक्षा गरिएको छ ।

लेखनाथमा रहेका रुपा, वेगनास, गुँदे, न्यूरेनी, दिपाङ, खास्टे, मैदी जस्ता रमणीय तालका साथै यहाँबाट आठ हजार मिटरभन्दा अग्ला धौलागिरि, अन्नपूर्ण, मनास्लु जस्ता हिमश्रृंखलाहरु देख्न सकिन्छ । त्यति मात्रै होइन, प्रिन्स चार्ल्स ल्र्स रोयल ट्रेक , चरा पर्यटन, लेखनाथको जन्मस्थल अर्घौ अर्चले, पचभैया, देउराली, चिडियाखाना, वराह क्षेत्र जस्ता निकै महत्व बोकेका पर्यटकीय गन्तव्यसँगै सुन्दर दृश्यवलोकन गर्न सकिने यस क्षेत्रको विकासमा तीनै तहको सरकारले जोड दिनुपर्ने स्थानीयहरुको भनाइ छ ।

विसं २०३७ मा बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि यो बाटो रोयल ट्रेकका रूपमा चर्चित भए पनि यसको प्रवद्र्धन हुन नसकेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनसँगै लेखनाथ आसपासको ग्रामीण पर्यटन प्रवद्र्धन पनि गर्न सकिने उहाँको भनाइ छ ।

लेखनाथ विकास मञ्चका संयोजक एवम सामाजिक अभियन्ता सन्दीप पौडेल साविक लेखनाथलाई पोखरासँग जोडेर महानगर बनाउँदा विकासका धेरै आश्वासन पाएको तर पछिल्लो समय विजयपुर खोला वारीका समस्यामा नेतृत्वले कहिल्यै ध्यान नदिएको गुनासो गर्नुभयो ।

“हामीले धेरै आश्वासन पायाँै, पोखरा–२६ सिलिङ्गेमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने भनेर पाँच सय रोपनी जग्गा छुट्टाएर राखिए पनि योजनामा समेटिएन”, उहाँले भन्नुभयो, “बेगनास तालको बसपार्क, प्रदेशस्तरी बसपार्क, सातताल जोड्ने योजना, धार्मिक पर्यटन प्रवर्द्धनका कैयन विषय भए पनि योजनामा परेनन् ।”

साथै तालचोक–बेगनास तालसम्म पर्ने बाटोको दुराबस्थाले पनि पर्यटकलाई सास्ती भएको, पूर्वाधार विकासको अभावमा यस क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको र पर्यटकको बसाइ लम्बाउने गतिविधि हुन नसकेको गुनासो गर्नुभयो ।

उहाँका अनुसार बिदाका दिन तीन हजारदेखि पाँच हजारसम्म र सामान्य दिनमा एक हजारको हाराहारीमा बेगनास र रुपा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आउने भएपनि बेलुका भने पोखरा नै फर्कने गरेका छन् ।

जग्गाको मुआब्जा दिने गरी रुपातालमा बाँध बाँधेर करिब रू ६ अर्बको वृहत परियोजना एकीकृत रुपाताल विकास समितिमार्फत् भइरहेको र करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तत्काल केही समस्या देखिए पनि यसको समाधानसँगै समग्र पोखरा र गण्डकी प्रदेशकै पर्यटन विकास हुनेमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

“नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय बजार जोड्ने पहुँचको मार्ग बन्यो, पूर्वाधार बनेपनि सञ्चालनका चुनौती छन्, हवाई रुट सम्झौतापछि समस्या समाधान हुन्छ”, भण्डारीले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय बजारसँग जोडिएपछि र पर्यटक आवागमन स्वतः बढ्नेछ त्यसैले अब थप पूर्वाधारमा ध्यान दिनुपर्छ ।”

उहाँले विमानस्थल सञ्चालनमा आएसँगै सार्क राष्ट्रका साथै चीनका दक्षिण भेगका शहर, थाइल्याण्ड, हङकङ, मलेसिया जस्ता गन्तव्यमा न्यारो बडी विमानमार्फत् जोड्न सकिने र यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

“डुङ्गा चढ्न मात्र बेगनास र रुपा किन जाने ? वेगनासताल वरिपरि फुट ट्रेल, हाइकिङ रुट, विपश्यना ध्यान केन्द्रको प्रचार-प्रसार होस्, जुलोजिकल पार्क विकास होस्”, उहाँले भन्नुभयो । लगानीमैत्री वातावरण बनाएर वृहत विकासका लागि एकीकृत सोच र धारणाको खाँचो औल्याउँदै प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मानिसको जीवनस्तर उकास्ने पर्यटकीय गतिविधिको खोजी अब लेखनाथमा हुनुपर्ने उहाँको धारणा छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले विमानस्थल सञ्चालन आएसँगै लेखनाथको पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सुन्दर र शान्त वातावरण मनपराउने पर्यटकका लागि लेखनाथमा प्रशस्त सम्भावना छन्, सडक पहुँचदेखि थप पूर्वाधार विस्तारमा जोड दिनुपर्छ ।”

उहाँले विजयपुल विस्तारसँगै पोखरा मुग्लिङ सडक खण्ड विस्तार, सातताल जोड्ने सहज पहुँचमार्ग तत्काल आवश्यकता र विकासमा साझेदारीता आवश्यकता रहने भएकाले लगानीमैत्री वातावरण सरकारले तयार गरिदिए निजी क्षेत्र लगानी गर्न तयार र उत्साहित रहेको बताउनुभयो ।

आत्रेयले पछिल्लो समय बेगनासताल किनारको माझीकुना साथै रुपा तालमाथिको झोलुङ्गे पुल, सुन्दरी डाँडा र पचभैया, बराह क्षेत्र पर्यटकको रोजाइमा परेकाले यस्तै पूर्वाधार विकास गरेर पर्यटकलाई थप आकर्षित गर्न सकिने बताउनुभयो ।

पर्यटकीय विकाससँगै यस क्षेत्रको उत्पादन, प्रवर्द्धन र बजारीकरणका लागि सङ्घले वर्षेनि महोत्सव गर्दै आएको पनि जानकारी दिनुभयो । उहाँले पोखरा शहरमा शहरीकरणसँगै ट्राफिक जाम निकै बढ्दै गएकाले अब प्राकृतिक शान्त वातावरण चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि लेखनाथ एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त समेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com