Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • ३ वर्ष अगाडि

काठमाडौं ,२२ पुस । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तर रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने विवादमा ११ माघ २०७९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन २ बाट निर्वाचित भएका छन् ।

अमेरिकी ग्रिनकार्ड त्यागेपछि लामिछानेले नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया नचालेको भन्दै लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले निर्णय नदिएपछि सर्वोच्चमा रिट पर्‍यो ।

प्रारम्भिक सुनुवाइका क्रममा अन्तरिम आदेश नदिएको संवैधानिक इजलासमा शुक्रबार दुबै पक्षले बहस गरेको थियो ।

रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेकोे नेपाली नागरिकता कायम नभएको जिकिर गरेका थिए । सरकारी र लामिछानेका कानुन व्यवसायीहरुले भने अन्तरिम आदेश जारी हुन नहुने बताएका थिए ।

संवैधानिक इजलासले नागरिकता कायम रहे नरहेको र सांसद हुन योग्य भए नभएको विषयमा छिटो छरितो रुपमा सुनुवाइ गरेर निरुपर्ण गर्नुपर्ने निष्कर्ष निकालेको छ । आदेशमा भनिएको छ, अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम ओदश जारी गर्नु मनासिव देखिएन ।’

यससँगै तत्कालका लागि रविको सांसद पद जोगिएको छ । तर पूर्ण सुनुवाइका लागि ११ माघको पेशी तोकेको छ ।

यो सुनुवाइ कुनै पक्षको अनुरोधमा नरोकिने संवैधानिक इजलासले प्रष्ट पारेको छ । र, रविको उम्मेदवारीबारे निर्वाचन आयोगले गरेको निर्णयको सक्कल, रविले अध्यागमन विभागमा पेश गरेको कागजात र त्यसमा भएको कारबाही ७ दिनभित्र झिकाउन आदेश दिएको छ ।साभार: अनलाइन खबर

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com