Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच भेट

  • २ हप्ता अगाडि

काठमाडौँ, ४ माघ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उहाँहरुबीच भेट भएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो । “दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्”,उहाँले भन्नुभयो, “नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।”

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना महामारी र बाढीपहिरोका कारण अवरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । “हाल केरुङ÷रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ । हिल्सा÷पुराङ नाकामा पनि एकातर्फी सुचारू भएको छ,” उहाँले भन्नुभयो, “यसले दुई देशबीचको व्यापार प्रवद्र्ध्न गर्न एवम् सीमा क्षेत्रका बासिन्दाको जीवनयापनमा सहजता ल्याउने विश्वास रहेको छ । अवका दिनमा हामीले तातोपानी÷जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाबाट आयातको व्यवस्था गर्न आवश्यक छ ।”त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल–चीन बीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयनमा तीव्रता दिन र महामारी पश्चातको पुनःनिर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकता साथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि महामहिमले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

भेटमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभलगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले दुई देशको सरकार र संसद्बीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

ताजा समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki