Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

पहिरोको अध्ययन गर्न उपकरण जडान

  • २ हप्ता अगाडि

म्याग्दी, ५ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो ।

उपकरणबाट प्राप्त हुने जमिनभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी र मनसुन योजना बनाउन सहयोग हुने पहिरोको अनुसन्धान गरिरहेको सजग समूहका सदस्य निमा दोर्जे भुटियाले जानकारी दिनुभयो ।

“उपकरण राखिएको स्थानमा पानी कति प¥यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ,” उहाँले भन्नुभयो “यसमा पहिरो जाँदै छ भनेर साइरन बज्ने त हुँदैन तर जमिनभित्रको तथ्याङ्कले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्व तयारी गर्न, मनसुन योजना बनाउन सहज हुन्छ ।”

त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्स समेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धाता सहितको टोलीले उपकरण जडान गरेको हो ।

फगाम र काभ्रेभिर पहिरोका हिसाबले जोखिमयुक्त मानिन्छ । अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले म्याग्दीसहित काभ्रे, सिन्धुपाल्चोकको भोटेकोसी, बाह्बिसे, दोलखाको भीमेश्वर नगरपालिकाका १० स्थानमा उपकरण जडान गरेर पहिरोको अध्ययन थालिएको बताउनुभयो ।

जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरमा जानकारी प्रवाह गर्छ । कम्प्युटरसम्म आइपुगेको सूचना सरोकार निकायलाई समयमै जानकारी दिनसके त्यसले क्षति कम गराउन मद्दत पुग्ने भुटियाले बताउनुभयो । सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटनजस्ता उपकरण आवश्यक राखिएको छ । माटोको चिस्यान मापन उपकरण, माटोमुनिको तापक्रम र आद्र्रता मापन गर्ने ‘सेन्सर’ वर्षा मापन उपकरणलाई पाइपभित्रबाट जमिनमुनि गाडिएको छ ।

ध्वनि उत्सर्जन ‘सेन्सर’लगायतका सम्पूर्ण गतिविधि सोही ठाउँमा जडान गरिएको तार हुँदै कम्युटरसम्म पुग्छ । सो उपकरणले शृङ्खलाबद्ध रूपमा हुने स–साना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्छ ।यसै प्रविधिका कारण केही वर्षअघि भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपी ठूलो क्षति हुनबाट जोगिएको थियो । उपकरणबाट प्राप्त सङ्केतका आधारमा भारतीय प्रहरीले त्यहाँको सडकखण्डबाट गुडिरहेका सवारीसाधनलाई हटाएको थियो भने लगत्तै सोही स्थानमा पहिरो गई सडकखण्ड पूर्ण ध्वस्त भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

योजना आयोगमा तीन सदस्य नियुक्त

बजारमा आउन थाले विसं २०८० का पात्रो

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

ताजा समाचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
दूधको मूल्य बढाउन  माग
दूधको मूल्य बढाउन माग
पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक
गाउँमै स्वास्थ्य सेवाको पहुँच
गाउँमै स्वास्थ्य सेवाको पहुँच

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki