Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

जसले गरे एक सय पटक रक्तदान

  • १ हप्ता अगाडि

त्रिवेणी, ८ माघ। रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गर्नुभएको छ ।

एक सय औँ पटकको रक्तदानपछि रक्तदाता गिरीले भन्नुभयो, “रगत दिन आफू पनि स्वस्थ हुनुपर्छ, म एक सय पटक रक्तदान गर्न पाउछु कि पाउदिन भन्ने लागेको थियो, पाँए, खुसी लागेको छ ।”

कावासोतीमा आफैँ अध्यक्षसमेत रहेको संस्था सहयोगी मनले शनिबार आयोजनामा गरेको रक्तदान कार्यक्रममा रक्तदान गरेपछि उहाँले एक सय पटक रक्तदान गरेको रेकर्ड कायम गर्नुभएको हो । उहाँले ३० वर्षअघि पहिलो पटक रक्तदान गर्नुभएको थियो ।

आफ्नै आमा बिरामी भएर अस्पतालमा उपचार गर्दा रगतको आवश्यकता प¥यो । आमाका लागि दुई पिन्ट रगतको आवश्यकता थियो । रगतका लागि विभिन्न संस्थासँग सहयोग माग्दा सहयोग नपाएपछि उहाँले आफैँले एक पिन्ट रगत दिनुभयो र एक पिन्ट अरुबाट लिनुभयो । सोही घटनापछि ‘रक्तदान जीवनदान’ भन्ने बुझेर उहाँले नियमित रक्तदान गर्दै आउनुभएको छ ।

“जिल्लामा हुने आधिकांश रक्तदानका कार्यक्रम मबाट नै सुरुआत हुने गरेको छ,” उहाँले भन्नुभयो । धेरै पटक रक्तदान गरेका कारण सम्मानस्वरुप यहाँ हुने रक्तदानका कार्यक्रममा उहाँले नै रक्तदान गरेपछि कार्यक्रम उद्घाटन हुन्छन् । गिरी भन्नुहुन्छ, “समाजका लागि अरु केही गर्न नसकेपनि रक्तदान गरेर धेरैको जीवन बचाएको छु, यसले मलाई आनन्द र खुसी दिन्छ ।”

नवलपुर अत्यधिक दुर्घटना हुने जिल्लामा पर्दछ भने छिमेकी जिल्ला चितवन अस्पतालै अस्पतालको जिल्लाका रुपमा प्रख्यात छ । चितवनमा क्यान्सर अस्पतालसमेत भएकाले पनि रगतको आवश्यकता धेरै पर्दछ । अस्पताल नजिक भएकाले पनि जिल्लाका धेरै मानिसलाई रगत दिने गरेको उहाँ बताउनुहुन्छ । उहाँले आवश्यकता पर्दा सुत्केरी तथा क्यान्सरका बिरामीलाई अस्पतल नै पुगेर रगत दिनुभएको छ । अहिले मध्यविन्दु जिल्ला अस्पतालमा शल्यक्रिया हुन थालेपछि रक्तदान गर्न नजिको अस्पताल पुग्ने गरेको गिरीको भनाइ छ । “रगत न त फ्याक्ट्रीमा बनाउन मिल्छ, न कतैबाट आयात हुन्छ, न त किन्न नै सकिन्छ, त्यसैले हामी स्वस्थ र दिन मिल्ने व्यक्तिले रक्तदान गर्नुपर्छ,” भन्नुहुँदै उहाँले सबैलाई रक्तदान गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले समुदायमा नै नियमित रक्तदान गर्ने कार्यक्रमहरु हुन सकेको खण्डमा सबैलाई सहज हुने बताउनुभयो । “हामीले सामाजिक काम गर्ने उद्देश्यले सहयोगी मन नामक संस्था दर्ता गरेर विपद्मा परेकालाई सहयोग गर्ने, रक्तदान गर्ने कार्यक्रम गर्दै आएका छौँ । रक्तदानलाई प्रोत्साहन गर्न र अभियानकै रुपमा अगाडि बढाउन यस संस्थाले काम गर्छ,” उहाँले भन्नुभयो ।

रगत निकालिसकेपछि परीक्षण गरेर मात्रै प्रयोग हुने भएकाले रक्तदान गर्नु भनेको रगत परीक्षणको अवसर लिनु पनि भएको गिरीले बताउनुभयो । प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दा पुरानो रगत जाने र नयाँ रगत उत्पादन हुनेहुँदा मानिसको स्वास्थ्यलाई थप फाइदा पुग्ने उहाँ बताउनुहुन्छ ।

रक्तदान गर्दा कमजोर भइन्छ भन्ने जनमानसमा धारणा पाइन्छ तर त्यो गलत हो, रक्तदान गर्दा कमजोर हुने भए मैले आज सयौँ पटक रक्तदान गर्न कसरी सक्थे?, स्वस्थ मानिसले रक्तदान गर्नबाट डराउन हुन्न,” गिरीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

ताजा समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो

ट्रेन्डिङ

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki