Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

प्राविधिक ज्ञान लिँदै जनप्रतिनिधि

  • ६ दिन अगाडि

म्याग्दी, ११ माघ। अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन हुनुहुनुन्छ । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उहाँ कम्प्युटर सिक्न थाल्नुभएको हो ।“युगअनुसार आफ्नो क्षमता विकास गरेर जनतालाई सेवा दिनुपर्ने भयो,” वडासदस्य पुन भन्नुुहन्छ “२३ वर्षअघि काठमाडौँ पुगेर कम्प्युटर तालिम लिएको थिएँ । अहिले पुर्नताजकी भएको छ । इमेल, इन्टरनेट चलाउने, चिठीपत्र र सिफारिस आफै टाइप गर्न सक्ने लक्ष्य छ ।”

वडा नं ४ की सदस्य यामकुमारी सोन्तजा पनि घरायसी र वडामा आफ्नो जिम्मेवारीको काम भ्याएर पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सञ्चालित डिजिटल साक्षरतासम्बन्धी तालिममा सहभागी हुनुभएको छ । कक्षा ८ सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएकी उहाँले वडाको काम सहज बनाउन तालिमले सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

“अहिलेको जमानाअनुसार सामाजिक सञ्जाल, इमेल र इन्टरनेटको ज्ञान आधारभूत जस्तै भयो,” वडा नम्बर २ का सदस्य चन्द्रकुमार फगामी भन्नुहुन्छ “प्रविधि प्रयोग गर्दै सेवा प्रवाहलाई सहज बनाउन क्षमता विकास गर्नुपर्ने महसुस गरेर हामी तालिममा सहभागी भएको हौँ ।” गत पुस २० गतेदेखि सुरु भएको तालिमको अहिले तेस्रो चरण चलिरहेको छ । आधुनिक प्रविधि र सञ्चार माध्यमको प्रयोग गरेर सूचना आदानप्रदान गरी गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार प्रत्येक दिन ६ घण्टाका दरले छ दिनसम्म कम्प्युटर, मोबाइल, ल्यापटप, इमेल र इन्टरनेटको प्रयोगबाट प्रशासनिक काम गर्ने विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सीप प्रदान गरिएको छ । आठ वटा वडा रहेको गाउँपालिकामा ४५ जनप्रतिनिधि छन् । प्रन्ध्र।पन्ध्र जनाको समूह बनाएर तालिम दिन लागिएको हो ।

तालिममा टापइ, स्क्यान, इमेल गर्ने, सन्देश आदानप्रदान गर्ने विषयमा प्रशिक्षण दिइएकोे छ । गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाहलाई कागजरहित बनाउँदै लैजाने उद्देश्यले जनप्रतिनिधिको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा पुन बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

योजना आयोगमा तीन सदस्य नियुक्त

बजारमा आउन थाले विसं २०८० का पात्रो

ताजा समाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
दूधको मूल्य बढाउन  माग
दूधको मूल्य बढाउन माग

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki