Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

आगलागी पीडितलाई मन्त्रीको सहयोग

  • ६ दिन अगाडि

धनकुटा, ११ माघ। धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब्ध गराउनुभएको छ ।

उहाँले छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारमा पुगेर आठ पीडितलाई रु ५५ हजार सहयोग गर्नुभएको हो । मन्त्री राईले पीडित झमक थापालाई रु १५ हजार, सन्तबहादुर राईलाई रु १० हजारका साथै लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच÷पाँच हजार प्रदान गर्नुभयो । उहाँले आगजनीमा नष्ट भएको घर बनाउन पहल गरिने प्रतिबद्धता पनि जनाउनुभयो ।

स्थानीयवासीसँगको भेटमा मन्त्री राईले चाँडै नयाँ भूमि आयोग गठन गरेर भूमिहिनको समस्या समधान गरिने जानकारी दिनुभयो । धनकुटाको भूमिसम्बन्धी समस्या समधान गर्न जिल्लाका मालपोत अधिकृत र नापी अधिकृतसँग छलफल भइरहेको पनि उहाँको भनाइ थियो। गत पुस ३० गते राति लागि हुँदा छथर जोरपाटी गाउँपालिका–६ स्थित सिन्धुवा बजारका पाँच घर जलेर नष्ट हुँदा रु ४९ लाख बराबरको धनमाल क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

दूधको मूल्य बढाउन माग

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

गाउँमै स्वास्थ्य सेवाको पहुँच

योजना आयोगमा तीन सदस्य नियुक्त

बीमा संस्थान र बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन

ताजा समाचार

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
दूधको मूल्य बढाउन  माग
दूधको मूल्य बढाउन माग
पोखराका व्यस्त सडकमा  ‘पार्किङ ’ गर्न रोक
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक
गाउँमै स्वास्थ्य सेवाको पहुँच
गाउँमै स्वास्थ्य सेवाको पहुँच

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki