Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे

  • ६ दिन अगाडि

चितवन, ११ माघ। सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताउनुभएको छ । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताउनुभएको हो । सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उहाँले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।”

सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएको हो ।”

आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिक्काटिप्पणी भएको भन्दै उहाँले कुनै स्वार्थ नबाझिने बताउनुभयो । सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उहाँले जानकारी दिनुभयो ।

आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीको अडान सरकारमा रहेपनि नरहे पनि उही रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा मुद्दा यथावत रहेका छन् । पार्टीको धारणा रोकिंदैन ।” यही संविधानभित्र रहेर आफ्ना मुद्दा उठाईने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

ताजा समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki