Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी

  • ४ वर्ष अगाडि

पाटन, १२ माघ। भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिन थालिएको छ ।

युरोपियन युनियनको सहयोगमा स्वीच एशिया ग्रान्टस प्रोग्राममार्फत बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाले नेपालमा पनि यो प्रविधिको सुरुआत गरिएको छ । ललितपुर महानगरपालिका–२९ हरिसिद्धिस्थित होसन्ना चिम्नी इँट्टा उद्योगमा उत्पादन गरिएको हलो ब्रिक प्रविधिका बारेमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई स्थलगत अवलोकन गराइएको थियो । उद्योगका सञ्चालक कृष्ण अवालले हलो ब्रिक उत्पादनको प्रक्रिया, अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।

सो अवसरमा नगर प्रमुख महर्जनले वातावरणीय र आर्थिक हिसाबले यो प्रविधि निकै उपयोगी रहेको बताउँदै यसको प्रवद्र्धनका लागि महानगरले आवश्यक नीतिगत व्यवस्था गर्नेछ भन्नुभयो । उहाँँले सन् २०१२ मा बखुण्डोलमा आफूले घर निर्माण गर्दा नै हलो ब्रिक प्रयोग गरेको उल्लेख गर्दै महानगरपालिकाले निर्माण गरिरहेको नयाँ भवनमा पनि यस प्रविधिको प्रयोग गर्ने जानकारी दिनुभयो ।

राजदूत डेप्रेजले किफायती, बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुने र यसले ऊर्जा दक्षताको अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले यो परियोजनाले उत्पादक, प्रयोगकर्ता र विभिन्न सङ्घसंस्थालाई सहयोग पुग्ने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी सहायक निर्देशक शुभलक्ष्मी श्रेष्ठले गुणस्तर मापन गरी छिट्टै प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । इँटाभट्टा महासङ्घका अध्यक्ष शङ्करबहादुर चन्दले हलो ब्रिकको प्रयोगका लागि नीतिगत तहबाट नै कार्यान्वयनमा ल्याइनुपर्ने धारणा राख्नुभयो ।

बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल परियोजनाका टिम लिटर सुयस प्रजापतिले १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने बताउनुभयो । हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्य सार्वजनिक गर्नुभयो ।

उहाँका अनुसार यस्तो इँटामा इन्सुसलेशन हुनेहुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ भने यसको तौल हल्का हुँदा घरको भार कम हुने बताइएको छ । यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com