Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन

  • ३ वर्ष अगाडि

भैरहवा, १२ माघ। लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।

ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञमूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताउनुभयो ।

सुनसरीको चतराधाममा विसं २०५९ मा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, सांस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले यहाँ जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको उहाँको भनाइ छ ।

पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदापीठ महाकाली, तेस्रो निलाद्रीपीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौँथो भैरहवापीठ स्थापना हुनेछ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताउनुभयो ।

महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादवशरण गड्तौलाका मुखारविन्दबाट पाठ-पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनीलगायत नेपालका धार्मिकस्थल दर्शन गर्न आउने भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुविधासहित भैरहवापीठ सञ्चालनको लक्ष्य राखिएको छ ।

चार पीठको स्थापनासँगै जगद्गुरुका विभिन्न स्थान, चतराधाम, जगद्गुरु आश्रम शङ्खमूल र शारदापीठमा जगद्गुरुकुलम् सञ्चालनमा छन् । जहाँ नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगदगुरुकुलमा प्रदान गरिने गरेको छ ।

महायज्ञको पूर्ण आहूति कार्यक्रममा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“नेपालको ऐतिहासिक र एक मात्र जगदगुरुको पीठ निर्माण हुनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पु¥याउने छ ।” उहाँले यसले धर्म, संस्कृति र पराम्पराको रक्षा गर्ने काम सँगसँगै यहाँको पर्यटनमा पनि सहयोग पु¥याउने हुनाले मैले व्यक्तिगत तरिका र सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

उप–प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डित पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दूधर्मको पक्षमा लागेको बताउनुभयो । उहाँले यस्ता हिन्दूत्वसम्बन्धी कार्यक्रम तथा धार्मिक कार्यक्रमले आफूलाई आनन्द दिने गरेको बताउनुभयो । सत्सङ्गमा सहभागी हुन पाउँदा अन्यको तुलनामा आफूलाई बढी आनन्द हुने गरेको उहाँको भनाइ छ । कार्यक्रमका मुख्यवाचक बालसन्त मोहनशरण देवाचार्य महाराजले संसद्बाट नै हिन्दूधर्मको पक्षमा बोल्न आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com