Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ

  • ४ वर्ष अगाडि

काठमाडौँ, २४ माघ। नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ ।

‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम १९.५ मिलियन अमेरिकी डलरको रहेको छ । यस कार्यक्रमले नेपालमा लैङ्गिक समानता तथा महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउने र समृद्ध र सुखी नेपालको राष्ट्रिय परिकल्पनालाई साकार पार्न काम गर्ने बताइएको छ ।

कार्यक्रम कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिनेछ । कार्यान्वयनका विविध विषयमा संयुक्त राष्ट्रसङ्घका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम सङ्गठन, राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, राष्ट्रसङ्घीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ ।

शुभारम्भ समारोहमा मन्त्री चौधरीले महिलाको सशक्तिकरण नभई दिगो विकास नहुने उल्लेख गर्दै कार्यक्रम कार्यान्वयनमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि विभिन्न कानुन र संरचनागत व्यवस्था बनेको जानकारी गराउँदै कार्यान्वयनमा सबैको योगदान आवश्यक पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com