Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार’

  • ४ वर्ष अगाडि

काठमाडौँ, २४ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताउनुभएको छ । उहाँले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गर्नुभयो ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उहाँले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लाग्न भन्नुभएको थियो । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताउनुभयो ।

अहिले सरकारको देश र समाजप्रतिको कार्यभार सामाजिक र आर्थिक रुपान्तरण गर्नुभएको उहाँले बताउनुभयो । छ दशकभन्दा बढी समय विभिन्न किसिमका सङ्घर्षको क्रममा हजारौँ शहीदले बलिदानी दिएको र बेपत्ता योद्धाको समर्पण रहेको उहाँले उल्लेख गर्नुभयो । लाखौँ जनताको सङ्र्षपछि राजनीति परिवर्तन भएकाले अब नागरिकले महसुस गर्ने गरी विकास गर्न लागिने उहाँले बताउनुभयो ।

आर्थिक विकास नयाँ ढङ्गबाट हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । जहाँ विकास भएको छ त्यहाँ विकास नै विकास हुने र केही सीमित ठाउँमा मात्रै विकास केन्द्रित गर्नेभन्दा सबै भागमा विकास पुग्ने गरी लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विपन्न वर्ग पनि लाभन्वित हुने गरी विकासका कार्यक्रम बनाउन आवश्यक छ र वातावरणलाई विकासको अङ्ग बनाएर अघि बढ्नुपर्छ ।”

राजनीतिक परिवर्तन पछाडि पनि समाजको आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकासको फड्को मार्न नसकिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । यो अवधिमा धेरैथोरै काम गरिए पनि नागरिकलाई सन्तुष्ट बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनका कारण मेरो जीवन फेरियो भनी जनताले महसुस गर्ने गरी गर्नुपर्छ ।”

भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । नेपालमा विद्युत्, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

विकासको सकारात्मक कुरा स्थापित गर्न र कमजोरीलाई औँल्याउन मिडियाको भूमिका निकै रहेको उहाँले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूलाई मिडियाले सधैँ सकारात्मक सुझाव दिइरहेको उहाँको भनाइ छ ।

खाल्डाखुल्डी पुर्ने काम मन्त्रालय एक्लैले चाहेर मात्रै गर्न नसकिने भएकाले भने पनि आठ निकायलाई एक ठाउँमा ल्याएर गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । सडक विभागले सडक मर्मत गरे पनि अरु निकायले मर्मत गर्नासाथ तत्काल खन्ने गरेकाले खाल्डा पूरै हटाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको एक सय वर्ष पुरानो पाइप एकातिर समस्या आयो भनेर गर्दा नजिकै अर्काेतिर खाल्डा पर्ने भइरहेको छ ।”

मन्त्रालयमा सबैले सामूहिक निर्णय गर्ने र कार्यान्वयन चाहिँ आआफ्नो जिम्मेवारीअनुसार गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन कायम गराउन, यातायात क्षेत्रको समस्या प्रदेशसँगको समन्वयमा समाधान गर्न र भौतिक पूर्वाधार क्षेत्रमा रणनीतिक नीति बनाएर लागू गर्न लागेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com