Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ताल पुरिँदै

  • ४ वर्ष अगाडि

महेन्द्रनगर, २४ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको प्राकृतिक ताल पुरिँदै जाँदा वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस हुने देखिएको छ ।

गर्मी याममा पानीको सतह घट्नुका साथै जलवायु परिर्वतनका कारण पानी सक्ने थालेसँगै ताल पुरिने जोखिम बढ्दै गइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकृत मनोज ऐरले यहाँभित्र रहेका रानी ताल, सिकारी ताललगायतका ठूला प्राकृतिक ताल जलकुम्भी, घाँसलगायतले पुरिनुका साथै सुक्ने क्रममा रहेको बताउनुभयो ।

“यहाँ रानी ताल, सिकारी ताल, बाबा ताल, कालीकिच ताल, तारा ताल, सालर्गौडीलगायतका प्राकृति जलवायु परिर्वतनका कारणले पनि हरेक वर्ष सुक्दै गइरहेका छन्”, उहाँले भन्नुभयो, “यहाँ ४० वटा भन्दा बढी कृतिम ताल पनि वन्यजन्तुको पानीको प्यास मेटाउन निर्माण गरिएका छन् ।”

उहाँले करिब पाँच वर्षअघि प्राकृतिक तालभन्दा टाढा र पानीको स्रोत नभएका स्थानमा वन्यजन्तुको सहजताका लागि कृतिम ताल निर्माण गरिएको जानकारी दिनुभयो । “बाबा ताललगायत अन्य बनाइका ताल सोलार ट्युववेलबाट पानी भर्ने काम हुँदै आएको छ ।” ऐरले भन्नुभयो, “कालीकिच तालमा महाकाली सिँचाइको नहरबाट पनि पानी भर्ने काम भएकाले वन्यजन्तुलाई सहजता भएको छ ।”

त्यसैगरी निकुञ्जभित्र रहेका नालाले पनि वन्यजन्तुलाई सहजता थपिए पनि गर्मीका पानी सक्ने भएकाले चुनौती रहेको छ । “तालमा पानीको सतह व्यवस्थापन गर्न चुनौती छ”, उहाँले भन्नुभयो, “ठूला ताल सुक्दै गए भने वन्यजन्तुलाई समस्या हुनसक्छ ।” शुक्लाफाँटामा पाँच वर्षअघि वन्यजन्तुका लागि पानी पोखरी निर्माण कार्यक्रमअन्तर्गत कृतिम ताल निर्माण भएका थिए ।

“वन्यजन्तुका साथै वनस्पतिका लागि पनि पानी आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “वन्यजन्तुका लागि पानीको प्यास मेटाउनै समस्या नरहे पनि ताल सुक्दा पछि गएर समस्या हुन्छ की भन्ने चुनौती हो ।” विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न पाइने निकुञ्जमा गत वर्षको गणनाअनुसार दुई हजार तीन सय १२ बाह्रसिङ्गा रहेका छन् भने यहाँ ३६ वटा पाटे बाघ र १७ वटा गँैडासमेत निकुञ्जमा रहेका छन् ।

असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थानसमेत भएकाले तालको संरक्षण आवश्यक रहेको निकुञ्जको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com