Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

  • ४ वर्ष अगाडि

काठमाडौँ, २४ माघ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पेट्रोलियम अनवेषणका लागि सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको बताउनुभयो । मन्त्रिपरिषद् बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयनका अघि बढाउन काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दक्षिण अफ्रिकामा हुने आइडब्लुएमआइ छलफलमा भाग लिन स्वीकृति दिएको छ ।

रक्षामन्त्रीको भारत भ्रमण

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आगामी फागुन १ देखि ५ गतेसम्म भारत भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को बैठकले रक्षामन्त्री उप्रेतीको नेतृत्वको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेग्मीले बताउनुभयो । उहाँले रक्षामन्त्रीको भारत भ्रमण नियमित सुरक्षासम्बन्धी दुई देशीय छलफलको आयोजना गर्ने बैठक भएको बताउनुभयो ।

त्यस्तै बैठकले आगामी फागुन ५ र ६ गते भारतमा आयोजना हुने नेपाल–भारत विद्युत् व्यापार सम्झौताअन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको दशौँ बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा अष्ट्रियाको भियनामा आगामी चैत ६ गतेदेखि ८ गतेसम्म हुने ‘टीसी एसिया एन्ड दि प्यासिफिक एनएलओ वर्कसप’ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) प्रमिलादेवी शाक्य बज्राचार्यलाई भाग लिन स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बैठकले फागुन १ गतेदेखि ३ गतेसम्म थाइल्याण्डको बैंककमा हुने क्षयरोग, एचआईभी एड्स र मलेरियासम्बन्धी दक्षिण पूर्वी एसिया क्षेत्रका मुलुकको गोष्ठीमा भाग लिनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा सङ्गीता कौशल मिश्रलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्रीले बताउनुभयो

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com