Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चन्दा उठाएर बाल विकास सञ्चालन

  • ३ वर्ष अगाडि

बलेवा, ६ फागुन । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका अभिभावकले चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन गरेका छन् । दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि चन्दा सङ्कलन गरेर बाल विकास केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

काउले चौडिल्लामा २०६२ सालमा गैरसरकारी संस्था सेतो गुराँस बाल विकासले स्थापना गरेको केन्द्र जैमिनी नगरपालिकाले तीन वर्षअघि सुन्तलाचौर माविमा स्थानान्तरण गरेको थियो । तीन वर्षदेखि गाउँ नजिक बाल विकास केन्द्र नभएकाले बालबालिकालाई असहज भएको भन्दै गाउँले मिलेर ‘नमूना बाल विकास केन्द्र’ सञ्चालन गरिएको स्थानीय अभिभावक धनबहादुर जिसीले बताउनुभयो ।

गाउँलेले आफ्नै स्रोतमा एक जना बाल विकास सहजकर्ता नियुक्त गरेका छन् । “पहिले यहाँ नमूना बाल विकास केन्द्र थियो, पछि बालबालिकाको सङ्ख्या निकै कम हुँदा सुन्तलाचौरमा स्थानान्तरण गरियो”, जिसीले भन्नुभयो, “स्थानान्तरणको समयमा चार जना मात्रै बालबालिका थिए, अहिले सङ्ख्या बढेर आठ जना पुगेको छ, पहिले बाल विकास केन्द्र थियो विद्यार्थी थिएनन, अहिले विद्यार्थी छन्, बाल विकास केन्द्र छैन ।”

स्थानान्तरणको समयमा बाल विकास केन्द्रका लागि आवश्यक बालबालिकाको सङ्ख्या पुगेमा यथावत रहने गरी स्थानान्तरणको पत्र नगरपालिकाले थमाएको थियो । विद्यार्थी सङ्ख्या पुगेपछि वडा कार्यालय र नगरपालिकाको शिक्षा शाखामार्फत बाल विकास केन्द्र पुनः सञ्चालनका लागि स्थानीयले पहल थालेका थिए । शैक्षिक सत्र सकिनै लाग्दासमेत बाल विकास केन्द्र पुनः सञ्चालनमा आउन नसकेपछि तीन महिनादेखि अभिभावककै सक्रियतामा बाल विकास केन्द्र सञ्चालनमा ल्याएको जिसीले बताउनुभयो ।

नगरपालिकाले काउले, चौडिल्लामा बाल विकास केन्द्र पुनःस्थापनाको लागि तयारी भइरहेको जनाएको छ । “त्यो बेला नमूनामा विद्यार्थी थिएनन, सुन्तलाचौरमा विद्यार्थी थिए तर बाल विकास थिएन, त्यसैले स्थानान्तरण गरियो”, नगर शिक्षा अधिकारी खेम आचार्यले भन्नुभयो, “वडा कार्यालयले बाल विकास सहजकर्ता माग गरेर सिफारिस पठाएको छ, छिट्टै पठाउँछौँ ।”

नगर शिक्षा समितिको बैठक बस्न नसकेकाले ढिलाइ भइरहेको आचार्यले बताउनुभयो । दमेककै जनज्योति बाल विकास केन्द्रमा कार्यरत सहजकर्ता खाली रहेकाले नमूना बाल विकास पठाउने तयारी छ । काउले, चौडिल्लाका अभिभावकले यसअघि तीन वर्षसम्म बाल विकास केन्द्रमा जाने विद्यार्थीलाई बोकेर दैनिक आधा घण्टाको बाटोमा सुन्तलाचौर मावि पु¥याउने गरेका थिए । स–साना बालबालिका आफैँ बाल विकास पुग्न नसक्ने भएकाले एक जना अभिभावक उनीहरुसँगै विद्यालय जाने र आउने बाध्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com