Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

  • ३ वर्ष अगाडि

काठमाडौँ, ६ फागुन । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरुलाई विदेश पठाएको पाइएको छ ।

त्यसैगरी विदेश जान लागेको र मानव बेचबिखनको उच्च जोखिममा पर्ने देखिएका दुई सय ५० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्युरोको प्रहरी टोलीले फिर्ता गराएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै माघमा मानव बेचबिखन तथा ओसारपसार कसुर गरेको आरोपमा चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ । गएको एक महिनामा एक महिला र पाँच पुरुष गरी छ जनामाथि अनुसन्धान सम्पन्न गरी अदालतमा मुद्दा चलाइएकामा उनीहरु पूर्वपक्षका लागि कारागार चलान भएका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

क्षमता भन्दा बढि यात्रु नबोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com