Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बङ्गलादेशी राजदूतावासद्वारा कला कार्यशाला आयोजना

  • ४ वर्ष अगाडि

काठमाडौँ, ९ फागुन। अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ ।

दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरीले आफ्नो देशको इतिहास बारेमा अवगत गराउँदै यो दिवसको उद्येश्य सबै भाषाहरूको संरक्षणलाई महत्व दिनु हो भन्नुभयो । ‘भाषा र संस्कृतिको माया’ मुख्य उद्देश्यसहितको कार्यशालामा उहाँले यो विषय राष्ट्रियतासँग जोडिएको उल्लेख गर्नुभयो ।

यो दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा सन् १९९९ मा बङ्गालीहरूले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको थियो । विश्वका धेरै भाषाहरू अहिले लोप हुने खतरामा रहेको उल्लेख गर्दै राजदूत चौधरीले संरक्षणका लागि सबै सजग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धर, पूर्वप्राज्ञ सुष्मा राजभण्डारी लगायतले देशका लागि भाषिक र सांस्कृतिक कार्यक्रमको महत्व हुने उल्लेख गर्दै नेपाल–बङ्गलादेशबीचको सम्बन्धका विभिन्न आयामका बारेमा चर्चा गर्नुभएको थियो । दूतावासको मुख्य आयोजना र आर्टबुमको सहकार्यमा सञ्चालित एकदिने कार्यशालामा करिब ४० कलाकारले विभिन्न चित्र बनाउनुभएको थियो । सो अवसरमा नेपाल–बङ्गलादेशबीचको सम्बन्ध जोड्ने वृत्तचित्र प्रदर्शन गरिएको थियो । —

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

क्षमता भन्दा बढि यात्रु नबोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com