Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कागेश्वरी धाममा महायज्ञ गरिँदै

  • ३ वर्ष अगाडि

काठमाडौँ, १० फागुन। काठमाडौँको पूर्वोत्तर क्षेत्रस्थित सुन्दरशैल शिवपुरी पर्वतको काखमा रहेको कागेश्वरी धामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न महायज्ञ आयोजना गरिने भएको छ । यही फागुन २१ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत महायज्ञ एवं विराट धार्मिक पर्यटन महोत्सव आयोजना गरिने कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिले जनाएको छ ।

आराध्यदेव पशुपतिनाथ मन्दिरबाट १३ किमी दूरीमा रहेको यो पर्यटकीयस्थल प्राकृतिक रुपमा पनि आकर्षक छ । कागेश्वरी महादेव मन्दिर रहेको यो क्षेत्र चौँसठ्ठी शिवलिङ्गमध्येको एक हो । सत्ययुगमा भगवान् शिवले तपस्या गर्नुभएको यस क्षेत्रको प्रचारप्रसारका लागि महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मणिराम अर्यालले राससलाई जानकारी दिनुभयो । शिवजी तपस्या गर्न आउँदा कागेश्वरी नदीलाई बोलाउनु भएको पौराणिक मान्यता छ ।

कागेश्वरी गङ्गा नदीकै अर्को रुप भएको विश्वाससमेत गरिन्छ । नेमुनिलेसमेत तपस्या गर्नुभएको यो क्षेत्र ऋषिमुनिहरुको योग र तपस्यास्थलका रुपमा पनि प्रसिद्ध छ । व्योमगङ्गा भनिने यो नदीलाई स्कन्द पुराणमा गङ्गा, जमुना र भागिरथीजत्तिकै पवित्र मानिएको छ । साउन शुक्ल पूर्णिमामा मनाइने श्रावणी मेला, भाद्र शुक्ल अष्टमीमा मनाइने कागेअष्टमी मेला लगायतका दिनमा यहाँ लाखौँ भक्तजन आएर स्नान गर्छन् ।

महायज्ञ एवं धार्मिक पर्यटन महोत्सवमा विभिन्न कलाकारले भजन एवं भक्ति सङ्गीतको प्रस्तुति गर्ने कार्यक्रम पनि रहेको छ । स्थानीयस्तरका विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने महायज्ञको अन्तिम दिन लाख बत्ती बाल्ने कार्यक्रम पनि रहेको आयोजक समितिले जनाएको छ । विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य वासुदेव घिमिरेले कथावाचन गर्नुहुने महायज्ञबाट बचेको यज्ञशेषले कागेश्वरी धामको विस्तृत परियोजना प्रस्ताव निर्माण गरिने समितिका सचिव पुष्कर प्याकुरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com