Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी

  • रमेश लम्साल
  • ३ वर्ष अगाडि

काठमाडौँ, ५ चैत। नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षात्को पानी सङ्कलनःपानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।

वर्षात्को पानी सङ्कलन गरी दिगो विकासको लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोपलाई क्रमशःकम गर्दै आमजनतामा पानीको महत्वका बारेमा चेतना जगाउने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष रामदीप साहले जानकारी दिनुभयो ।

खानेपानी आपूर्ति मात्रै नभई नेपालको आर्थिक विकास, दिगो विकास, जलविद्युत् उत्पादन, पर्यटन र औद्योगिक विकासका लागि पानीको व्यवस्थापन महत्वपूर्ण रहेकाले सम्मेलनमा वर्षात्को पानीको उपयुक्त व्यवस्थापन जरुरी रहेको सम्मेलनमा जोड दिइएको छ । मनसुनको पानीले पहाडी र तराई क्षेत्रमा पानीको पुनःभरण गराई मानव जीवनका अलावा वातावरणका लागि पनि आवश्यक पानी उपलब्ध हुँदै आएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ उपत्यकाको खानेपानी समस्याको समाधानका लागि भनेर अगाडि बढाइएको मेलम्ची खानेपानी परियोजनाको दीर्घजीवनमा नै समस्या पैदा भएको बताउनुभयो । उहाँले मेलम्ची बाढीका कारण आयोजना समस्या आएको तथा लार्के र याङ्ग्रीको पानी थप गर्ने विषयमा दातृ निकायले पनि भौगर्भिक जोखिमका बारेमा तत्काल कुनै निर्णय लिन नसकेको उल्लेख गर्नुभयो ।

हरेक घरमा सौर्य प्रणाली जडान गरे जस्तै काठमाडौँ उपत्यकाभित्रका घरमा पनि वर्षात्को पानी सदुपयोग गर्ने प्रणाली राख्नुपर्ने उहाँको भनाइ छ । मेलम्चीको पानीको प्रयोगपछि त्यसको उचित व्यवस्थापन र प्रशोधनमा ध्यान दिने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको भए पनि त्यसका लागि सबै निकायको सार्थक सहयोग जरुरी रहेको सचिव गेलालको भनाइ छ ।

वर्षात्को पानीको सदुपयोग, नदी स्थानान्तरण तथा पुनः भरणका लागि सरकार, निजी क्षेत्र, गैरसरकारी संस्थाका अलावा हरेक नागरिक उत्तिकै जिम्मेवार बन्नुपर्ने सचिव गेलालको जोड छ । जलवायु परिवर्तनका कारण पानीको स्रोतमा नै समस्या खडा भएको, ठूलो ऊर्जाको स्रोत प्रयोग गरेर माथिल्लो क्षेत्रमा पानी तान्नुपरेको उल्लेख गर्दै उहाँले सरकार एक्लैले अब पानीको व्यवस्थापन गर्नै नसक्ने अवस्था आएको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा आइपुगेको मेलम्चीको पानी चक्रपथ वरपर मात्रै वितरण गर्न र त्यसको सञ्जाल बनाउनका लागि मात्रै सरकारले रु ३० अर्ब बराबरको लगानी गर्नुपर्ने अध्ययनले देखाएको उहाँको भनाइ छ ।

चालु आवमा मन्त्रालयले रु २० अर्ब बराबरको बजेट पाएको भए पनि आगामी आवका लागि रु १३ अर्ब बराबरको मात्रै बजेट सीमा रहेकाले खानेपानीमा काम गर्न थप जटिलता पैदा हुने बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले तीनै तहका सरकारले आफ्नो कार्यक्षेत्र स्पष्ट पारेर खानेपानीको क्षेत्रमा दीर्घकालीन सोंचका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले पानीका स्रोतमा देखिएको सङ्कुचनलाई कम गर्दै वर्षात्को पानी बहुउपयोग गर्नेतर्फ तत्कालै कदम चाल्न सुझाव दिनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति सुनिलबाबु श्रेष्ठले पानीको महत्व दर्शाउने र यस क्षेत्रमा कार्य र सङ्घसंस्थाका अलावा सरकारकोसमेत साझा मत बनाउने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । पानीको प्रयोग, पुनःप्रयोग तथा वर्षात्को पानीको सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारेमा यस्ता सम्मेलनले महत्वपूर्ण सन्देश दिने उहाँको भनाइ छ ।

विकासका नाममा वातावरणीय क्षेत्रको ख्याल नै नगरी डोजरमार्फत बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्र पारिँदा पहाडी तथा हिमाली क्षेत्रमा पानीका मुहान सुकेका छन् भने पानी सङ्कटको आमन्त्रण गरिरहेको छ ।

विश्वमा तीन अर्ब बढी मानिसले पानीको अभाव बेहोरिरहेका छन् । हरेक वर्ष बाढीले प्रभावित हुनेको सङ्ख्या पाँच लाखले बढ्ने गरेको छ । खानेपानीको अभाव र कम भरपर्दो वर्षाका कारण द्वन्द्व चर्कने र बसाइँसराइ हुने र विश्वका धेरै स्थानमा भोकमरी हुने अवस्था सिर्जना भएको छ । पानी व्यवस्थापनका नवीनतम ज्ञान र प्रविधिको खोजी जरुरी रहेको सम्मेलनका आयोजकले जोड दिएका छन् । सम्मेलनमा विभिन्न चार प्राविधिक सत्र हुनेछन् । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुनेछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा हरेक वर्षको मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउने प्रस्ताव २२ डिसेम्बरमा पारित गरेको थियो । सन् १९९३ देखि हरेक वर्ष विश्व पानी दिवस मनाइँदै आएको छ । यस वर्षको पानी दिवसको नारा ‘परिवर्तनलाई गति दिँदै’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घले दिगो विकासका लागि पानी सङ्कटका कारणको खोजी, पुनःभरण र वर्षात्को पानी सङ्कलन, पुनः उपयोगलगायतका विषयमा नीति निर्माण र विश्वव्यापीरुपमा छलफल गराउँदै आएको छ । पानीको सङ्कटका कारणको खोजी गरी समाधानका उपाय पहिल्याउने, असमान पहुँचको अन्त्य गर्ने तथा त्यससँग जोडिएको मानव अधिकारको सुनिश्चितता गराउनेतर्फ ध्यान दिन सम्मेलनले महत्वपूर्ण आधार तयार पार्ने विश्वास लिइएको छ ।

यस्तै वर्षात्को पानी सङ्कलनमा नगर तहको नेतृत्व विकास, अनुदान कोषको व्यवस्था, पानी सङ्कलनका प्रविधि र उपयोग, नीति र मार्गनिर्देशन, त्यसको सामाजिक र आर्थिक लाभलगायत दुई दर्जन बढी विषयमा छलफल हुने आयोजक स्मार्ट वास सोलुसनका अध्यक्ष रामदीप साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com