Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सहकारी सदस्य जागरण अभियान

  • ३ वर्ष अगाडि

बनियानी, ६ चैत। झापा जिल्ला सहकारी सङ्घले जिल्लामा सदस्य जागरण अभियान सुरु गरेको छ । सहकारी सङ्घसंस्था एवं वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान सुरु गरिएको सङ्घका सचिव भवानीप्रसाद दङ्गालले जानकारी दिनुभयो।

अभियानअन्तर्गत झापाका विभिन्न चार स्थानमा चैत ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिएको उहाँले बताउनुभयो । अभियानअन्तर्गत चैत ५ गते बिर्तामोडमा गोष्ठी गरिएको र चैत ६ गते धुलाबारी, चैत ७ गते दमक तथा चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने उहाँले बताउनुभयो ।

सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्य र संस्थाका सञ्चालक नै जागरुक हुनुपर्ने आवश्यकता महसुस गरी गोष्ठीको आयोजना गरिएको सङ्घका अध्यक्ष गणेश ढकालले बताउनुभयो । “जानीजानी गल्ती गर्नेका लागि हाम्रो केही लाग्दैन, पछि उहाँहरु नियमानुसार दण्डित हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अरुको लहैलहैमा लागेर कर्जा छुट हुन्छ, ब्याज छुट पाइन्छ भनेर हल्लाका कारण अहिले साँवा ब्याज तिर्न नचाहनेका हकमा संस्था जागरण तथा संरक्षण गोष्ठी फलदायी हुनेछ ।”

सहकारी ऐन २०७४ मा भएको व्यवस्था सरकार र मातहत विभागले कार्यान्वयन गरिदिने हो भने आजका समस्या स्वतःकिनारा लाग्ने उहाँ बताउनुहुन्छ । बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घका पूर्वप्रमुख कार्यकारी अधिकृत कुवेर निरौलाले अहिले सिङ्गो सहकारी अभियान अप्ठ्यारोमा परेको नभई बचत तथा ऋणको कारोबारमा मात्र समस्या सिर्जना भएको बताउनुभयो ।

“नेपालमा तरलता सङ्कुचनका कारणलाई अन्तर्राष्ट्रिय सन्दर्भ जोडिनु किमार्थ सुहाउँदैन”, उहाँले भन्नुभयो, “आर्थिक सङ्कट छिमेकी भारतमा नै छैन ।” हरेक सहकारी संस्थाले आफ्ना सदस्यसँग आत्मीय सम्बन्ध बनाउने, उनीहरुलाई आफ्नो संस्थाप्रति विश्वस्त राख्ने, भविष्यको सुरक्षातर्फ ध्यानाकर्षण गराउने, सदस्यमाझ कल्याणकारी कार्य विस्तार गर्नु नै आजको समयमा सदस्य जागरणका लागि पर्याप्त हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ताजा समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com