Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ : उपाध्यक्ष भुसाल

  • ३ वर्ष अगाडि

काठमाडौँ, ६ चैत। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको बताउनुभएको छ । बसाइँसराइकै कारण नीतिनिर्माण गर्न र सेवा प्रवाह गर्न राज्यलाई समस्या मात्र नभई नयाँ चुनौती थपिँदै गएको उहाँको भनाइ छ ।

विश्व पानी दिवसका सन्दर्भमा खानेपानी मन्त्रालयको सहकार्यमा स्मार्ट वास र वाटर एडले आज आयोजना गरेको छलफलमा पूर्वमन्त्री भुसालले भन्नुभयो, “अव्यस्थित बसाइँसराइका कारण खानेपानीजस्ता आधारभूत अधिकार उपलब्ध गराउनका लागि समस्या पैदा हुँदै गएको छ । स्वच्छ पिउने पानी पु¥याउन सकिएको छैन ।”

उहाँले आमजनताको मनोविज्ञानलाई बुझेर मात्र नीति निर्माण गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भन्नुभयो, “मौलिक हक व्यवस्था गरेर र नीति बनाएर मात्र पुग्दैन, जनताले अधिकार पाएका छन् कि छैनन् भन्ने विषय मुख्य हो, त्यसका लागि उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने हुन्छ ।”

विश्वका ठूला शक्ति राष्ट्रका कारण साना मुलुकले जलवायु परिवर्तनका विकराल समस्या भोग्नुपरेको उल्लेख गर्दै उपाध्यक्ष भुसालले नेपालका राजनीतिक दल, सङ्घसंस्थाले पनि यस्ता मुद्दालाई आफ्नो मुख्य बनाउनुपर्नेमा जोड दिनुभयो । पानीको स्रोत संरक्षण गरेर जनतालाई स्वच्छ पानी उपलब्ध गराउनका लागि व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी संस्था एकीकृत भएर काम गर्नुपर्ने उपाध्यक्ष भुसालको भनाइ छ ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव डा जगदीश्वर कर्माचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामाकान्त दवाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायतले पानीको सही तवरले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले स्वच्छ खानेपानीको समस्या समाधान गर्नका लागि नीतिगत तवरले दीर्घकालीनरुपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउन थालिएको हो । नेपालमा पनि यही दिवसको अवसर पारेर पानीसम्बन्धी विविध कार्यक्रम गरिँदैछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

क्षमता भन्दा बढि यात्रु नबोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

ताजा समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com