Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दीर्घकालीन सडक : गलकोटको प्राथमिकता

  • खेमराज गौतम
  • ३ वर्ष अगाडि

गलकोट, ६ चैत। हिउँदमा मर्मत गरेको ग्रामिण सडक बर्खामा उस्तै हुन्छ । अर्कोपटक त्यही सडकलाई बजेट माग हुन्छ । यो नियती व्यहोर्दै आएको गलकोट नगरपालिकाले भने थोरै सडक बनाउने तर पक्की बनाउने अभियान थालेको छ ।

बागलुङको गलकोट नगरपालिका लगानी गरेको सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे भएपछि थोरै काम गर्ने तर पक्की सडक बनाउने लक्ष्यमा अघि बढेको छ । ग्रामिण सडकमा लगानी बालुवामा पानी भएपछि नगरपालिकाले सडक सुुधारका लागि दीर्घकालीन योजना ल्याएको छ । ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि नगरपालिकाले ग्रामिण सडक पक्की बनाउने अभियान थालेको हो ।

“दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भए, पाँच वर्षमा अधिकांश सडकमा बजेट पुग्यो, तर उपलब्धी देखिएन, हिउँदमा मर्मत गरेको सडक बर्खामा बगेर जाँदो रहेछ, अर्कोवर्ष फेरी उस्तै”, नगरप्रमुख भरत शर्मा गैरेले भन्नुभयो, “नगरको बजेट र साझेदारीमा आउने प्रदेश सरकार र सङ्घीय सरकारको बजेटमा पक्की सडक मात्रै बनाउने योजना राख्न थालेका छौं, थोरै सडक बनाउने तर पक्की बनाउँदा दीर्घकालीनरुपमा फाइदा पुग्दो रहेछ, अहिले ग्रामिण सडक धमाधम ढलान गर्ने काम भइरहेको छ ।”

ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने सडक बनाउने काम थालिएको नगर प्रमुख गैरेको भनाइ छ । नगरपालिकाले अहिले दीर्घकालीन सडकमा लगानी गर्ने सङ्कल्प गरेको जनाउँदै बरु पुरै सडक पक्की नभए, घुम्ती ढलान, नाली लगायतका पूर्वाधारका काम गराउने गरी कर्मचारी र जनप्रतिनिधिलाई भनिएको छ ।

अहिले नगरपालिकाको केन्द्र रहेको वडा नं ६ मा झण्डै एक किलोमिटर सडक ढलान भइसकेको नगरपालिकाले जनाएको छ । अहिले वडा नं ६ मा सञ्चालित नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा चार सडक निर्माणाधीन रहेको बताउँदै सबै सडक थोरै भए पनी पक्की र दीर्घकालीन बनाइने वडा नं ६ का वडाध्यक्ष रामप्रसाद कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वडामा चार सडकमा नगरपालिका र प्रदेश सरकारको रु एक करोडको योजना सञ्चालित रहेको र एक किमि सडक ढलान भइसकेको तथा चालु आर्थिक वर्षमा थप एक किमि सडक ढलान गर्ने योजना रहेको छ ।

वडामा नौविसे–जामुनडाँडा सडकमा रु ४० लाख, चरौदी–नेपाने–कायशा सडकमा रु २५ लाख, ठूलाथर–भुजुङ्गे सडकमा रु २० लाख र जङ्गरा–दर्मा हुँदै लामिडाँडा सडकमा रु १६ लाख बजेट विनियाजन भएर काम भएको थियो । चार सडकलाई नै पक्की बनाउने योजना नगरपालिकाको छ । “थोरै सडक बनाउने तर पक्की बनाउने, अर्को वर्ष उक्त स्थानमा लगानी गर्न नपरोस् भन्ने हो, अहिले हाम्रै वडामा दुई किलोमिटर सडक ढलान भई सक्नेछ, अन्य सडकको पक्की नाली तथा पहिरो रोकथामका लागि काम भइरहेको छ”, वडाध्यक्ष कंडेलले भन्नुभयो, “कम्तिमा नगरपालिकाको केन्द्र रहेको वडामा हेर्न लायक ग्रामिण सडक बनाउने हाम्रो अठोट हो, कनिका छरेजस्तै बजेट छर्दा बजेट सदुपयोग भएन, थोरै गर्ने तर पक्की बनाउने हाम्रो नीति हो ।”

नौबीसे–जामुनडाँडा सडकमा तीन सय ८० मिटर सडक पूर्ण पक्की बनाएर ढलान गरिएको छ । यस्तै चरौदी–नेपाने–कायशा सडकमा एक सय ४५ मिटर सडक ढलान गरिएको छ भने ठूलाथर–भुजुङ्गे सडकमा दुई सय मिटर सडक ढलान गरिसकिएको छ । यस्तै जङ्गरा–दर्मा हुँदै लामिडाँडा सडकमा एक किमि सडक ढलान गर्ने गरी ढुङ्गा सोलिङ गरिसकिएको छ ।

एक वर्षमा दुई किमि सडक ढलान हुनु भनेको ग्रामिण सडकमा ठूलो प्रगती भएको वडाध्यक्ष कंडेलको भनाइ छ । उहाँले पाँच वर्षमा जति सकिन्छ सबै सडक पक्की बनाउने गरी योजना अगाडी बढेको बताउनुभयो । “डोजरे विकासले विनास मात्रै ग¥यो, एक किमि सडक बनाउनभन्दा सय मिटर सडक बनाउने तर पक्की बनाउने भन्ने हाम्रो योजना हो”, उहाँले भन्नुभयो, “वर्षातमा पहिराको प्रकोप कम गर्नसमेत पक्की सडक भरपर्दो हुनेछ ।” नौबिसेदेखि जामुनडाँडा जाने सडक पूरै पक्की र ढलान भएपछि नियमित सवारी चल्न थालेको वडाध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं २ मा समेत पक्की सडक बनाउने अभियान रहेको वडाध्यक्ष तथा नगर प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार नगरपालिकाले पुरानो बजार क्षेत्र रहेको हरिचौर, काँडेवास क्षेत्रमा सडक ढलान गरिएको, असजलिा घुम्ती सडक ढलान गरेर सवारीसाधनलाई सहजता दिएको बताउनुभयो ।

“वडा भर नै नाली निर्माणको अभियान छ, नाली निर्माण भएपछि कच्ची सडकमा समेत ट्याक्सी गुड्न थालेका छन्, बजेटले भ्याएसम्म पक्की बनाउने नत्र सडक नाली मात्रै भए पनि बनाउँदा ग्रामिण सडक सुध्रेको पाएका छौं, यो अभियान नगरपालिका भर हो, केही वडामा धेरै राम्रो काम भइरहेको छ”, भण्डारीले भन्नुभयो, “तोरखीखोलादेखि बतासे हुँदै ठाना पुग्ने सडक पनि ढलान गरेर वर्षातमा अवरोध नआउने बनाइसकेका छौं ।”

लागतका हिसाबले ढलान सडक धेरै महङ्गो भए पनि दीर्घकालिन फाइदा पुग्ने भएकाले असजिला सडकलाई धमाधम ढलान गर्ने नगरपालिकाको नीति रहेको नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ताजा समाचार

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com