Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने

  • ३ वर्ष अगाडि

काठमाडौँ, ८ चैत। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बागमती प्रदेश समितिले रामेछापको मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन आयोजना गर्ने भएको छ ।

महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेशमा भएका कला, वास्तुकला, चित्रकला, मूर्तिकला, नाटक र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त सांस्कृतिक सम्मिलन गर्न लागेको जानकारी दिएको हो ।

सम्मिलनले बागमती प्रदेशभित्रका लोक संस्कृति र कलाको पहिचान, साहित्य लेखनका प्रमुख प्रवृत्ति पहिल्याउनुका साथै प्रदेशभित्रका स्थापत्यकला, चित्रकला, मूर्तिकला, सङ्गीतकला र प्रदर्शन कलाको प्रदर्शन गर्नुका साथै मूल प्रवृत्ति पहिचान गरी बागमती प्रदेशभित्र रहेका सांस्कृतिक एवं अन्य सम्पदाको पहिचान र तिनको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विमर्शबाट नीति निर्माणमा सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरिएको छ ।

रामेछापका खाडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले एतिहासिक भूमिमा सम्मिलन गर्ने लागेकोप्रति खुसी व्यक्त गर्दै उक्त कार्यक्रमले रामेछापको कला, साहित्य, गीत, सङ्गीतलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने बताउनुभयो ।

नेकपा (एमाले) का जनसांस्कृतिक महासङ्घ, नेपालले इञ्चार्ज माधव प्रधानले त्यो क्षेत्रमा रहेका लोकसंस्कृति, कला, लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने उद्देश्य रहेको धारणा राख्नुभयो ।

सम्मिलनका अवसरमा चिरायु अस्पतालका सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । चिरायु अस्पतालमा निर्देशन डा सञ्जीवराज भण्डारीले जनसांस्कृतिक महासङ्घसँग मिलेर चिरायु अस्पतालमा निःशुल्क स्वास्थ सञ्चालन गर्ने र मन्थलीका मानिसलाई सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो ।

गायक अमृत खातीले पहिलोपटक रामेछापमा सम्मिलन गर्न लागेको भए पनि बागमती प्रदेशमा १३ वटै जिल्लामा रहेका लोकसंस्कृति, कला, साहित्य लेखन, मूर्तिकलालगायत समग्र सम्भावनको पहिचान गर्ने योजना रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com