Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

  • ३ वर्ष अगाडि

काठमाडौँ, २९ चैत। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्नुभयो । “लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “सातदेखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तको प्रक्रिया अघि बढाउन आग्रह गर्छु ।”

उहाँले प्रधानमन्त्री, सभामुखलगायतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएकोप्रति सैह्य नभएको बताउनुभयो । प्रधानन्यायाधीश छिटो नियुक्तीबारे ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने र आफूहरुले दिएको समयसीमाबारे जानकारी गराउने समेत उहाँको भनाइ छ ।

उहाँले न्यायापालिकाको भ्रष्टाचार, विकृति–विसङ्गति अन्त्य गर्नका लागि तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत माग गर्नुभयो । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा पाँच, उच्च अदालतमा ५० र जिल्ला अदालत चार न्यायाधीश पद रिक्त रहेको उहाँले बताउनुभयो ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले अविलम्ब प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गर्नुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलाइ हुँदा समग्र न्यायापालिकामा असर परेको बताउनुभयो ।

बारले न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य सम्बन्धमा, पेसी व्यवस्थापन पूर्ण स्वचालित प्रणालीद्वारा गर्ने, पूर्वप्रधानन्यायाधीशउपरको विचाराधीन महाभियोग प्रस्तावलाई अन्तिम किनारा लगाउने र न्यायाधीश नियुक्ति मापदण्ड खारेज गरी सल्लाह सुझावमा वैज्ञानिक पद्धति अपनाउन माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com