Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘युनियनको माग पत्रकार महासँघमा उद्योग बाणिज्य सँघका अध्यक्ष आउनुपर्याे’

  • २ वर्ष अगाडि

चन्द्र गणेश

बागलुङ जेठ ३२ गते । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्षलाई पत्रकार महासंघको अध्यक्ष बनाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन बागलुङले पत्रकार महासंघको भवनमा तालाबन्दी गरेका छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको गत पुस २ गते सम्पन्न साधारणसभाबाट विदा भएका अध्यक्ष नरेश कँडेललाई नै पुनः अध्यक्षको रुपमा मान्नुपर्ने भन्दै नेपाल प्रेस युनियनले तालाबन्दी गरेको जनाएको छ ।

गत निर्वाचनमा सर्वसम्मत अध्यक्षमा चयन भएका नरेश कँडेल बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएको केही समयपछि उपाध्यक्ष नविन शिशिर बिकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । नेपाल पत्रकार महासंघको साधारणसभामा उद्योग बाणिज्य संघको अध्यक्षका रुपमा आतिथ्यता ग्रहण गरेर महासंघबाट विदा भएका कँडेललाई पुनः अध्यक्ष मान्नुपर्ने युनियनको माग अस्वभाविक भएको प्रेस युनियनमा आवद्ध एक पत्रकारले बताए ।

कार्यवाहक अध्यक्ष नविन शिशिर बिक अध्ययनको सिलसिलामा मुलुक बाहिर गएपछि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले महिला उपाध्यक्ष जिवनकला खत्री ‘सरिता’लाई कार्यवाहक अध्यक्ष जिम्मेवारी प्रदान गरेपछि नेपाल प्रेस युनियन असन्तुष्ट बनेको थियो । असन्तुष्ट युनियनको एक समूहले बिहीबार बिहानै नेपाल पत्रकार महासंघ बागलुङ शाखा भवनको मुख्य गेटमा तालाबन्दी गरेका छन् ।

‘साधारणसभाले नै विदा गरेका व्यक्तिलाई फेरी अध्यक्ष मान्नुपर्छ भन्ने माग नै गलत छ ।’ एक पत्रकारले भने– ‘केन्द्रबाट आएको निर्देशन नमान्ने भए, केन्द्रमा गएर तालाबन्दी गर्नुपर्ने हो, जिल्लासँग कुनै सरोकार नभएको विषय उठाएर राजनीति गरियो ।’ नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको सदस्यता शुद्धिकरण मापदण्डका आधारमा सदस्यता शुद्धिकरण अभियान देशभर चलिरहेको बेला बागलुङमा प्रेस युनियनले बखेडा झिकेको पत्रकारहरु बताउँछन् ।

नेपाल पत्रकार महासंघको केन्द्र तथा प्रदेश समितिमा नेपाल प्रेस युनियनमा आवद्ध भएका पत्रकारहरुको बहुमत छ । आफ्नै संगठनबाट निर्वाचित भएको समितिले सदस्यता शुद्धिकरण गर्ने मापदण्ड तय गरेर सबै जिल्ला शाखाहरुले सदस्यता शुद्धिकरणका लागि दवाव दिने तर स्वयं नेपाल प्रेस युनियनले पत्रकार महासंघको अध्यक्ष छाडेर उद्योग बाणिज्य संघको अध्यक्ष हुन पुगेका व्यक्तिलाइ पुनः अध्यक्षको रुपमा ल्याउनुपर्ने माग गर्नु सदस्यता शुद्धिकरणमा नेपाल प्रेस युनियन तयार छैन भन्ने देखाएको पत्रकार महासंघमा आवद्ध पत्रकारहरु बताउँछन् ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल पत्रकार महासँघ विधान विपरित सञ्चालन भएकाले दवाव दिनका लागि बागलुङ शाखामा तालबन्दी गरिएकाे बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासँघ बागलुङ शाखाका सचिव विजय रानाले आफु आफन्तको शाेकका कारण बागलुङ बजार बाहिर भएको बेला महासँघमा तालाबन्दी गरिएको जानकारी पाएको बताउँनुभयाे । ‘हामीले पटक पटक पत्रकार महासँघ, अग्रज पत्रकार, पेशागत सँगठनका प्रमुखहरुसँग नियमित रुपमा महासँघलाइ कसरी अगाडि बढाउँने भन्ने विषयमा छलफल गरिरहेका छौ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङमा दुई युवाको लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा

नगरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको हातमा

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

तेस्रो मेयर कप फुटबल उपाधिको लागि आयोजक बागलुङ र पैयुँ भिड्ने

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com