बाग्लुङ।सामाजिक कार्यमा अग्रसर रोट्र्याक्ट क्लब अफ् बाग्लुङ ले बिजयादशमी तथा शुभदिपावली को अबसरमा चङ्गा चैट कार्यक्रम् सम्पन्न गरेको हो ।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले कार्यक्रम उद्घाटन गर्नु भएको थियो। उहाले यस्ता कार्यलाइ निरन्तरता दिन र यस्ता कृयाकलापलाइ राम्रो ढङले लान आग्रह गर्नु भएको हो । पर्यटन प्रवद्र्धनमा सवैको सहकार्य आवश्यक रहेको र नयाँ पर्यटकिय सम्भावनाका क्षेत्रको खोजी र पुरानाको संरक्षणका लागि सवैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
उक्त खेलमा १७ जनाको सहभागीता रहेको प्रतियोगितामा ७ वटा चंगा चेट गर्दै बविन शाक्य उत्कृष्ट भएका थिए । शाक्यलाइ रु ५,५५५ साथै लक्की ड्र तर्फ पनि आकर्षक उपहार र प्रमाण पत्र हस्तान्तरण गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष सुस्मिताको केसिको अध्यक्षता , मूल संयोजक सौरभ केसीको स्वागत र उपाध्यक्ष बिरोश क्षेत्री सन्चालनमा सम्पन्न भएको थियो ।