बाग्लुङ / बाग्लुङ नगरपालिका नगर पर्यटन विकास समितिद्वारा आयोजित ३ दिने पर्यटन पत्रकारिता तालिम शुभारम्भ गरेको छ । तालिममा पत्रकार सहित २६ जना को सहभागी रहने छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगर उपप्रमुख राजु खड्काले बाग्लुङ पर्यटकिय सम्भावना रहेको जिल्ला हो त्यसको प्रबर्धनमा सहयोग पुर्याउने उद्धेश्यले यो तालिमको आयोजना गरिएको हो । ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रभावकारीरुपमा प्रचारप्रसारमा सहयोग पुग्ने खड्काले बताउनुभयो ।
पत्रकारिता तालिम शुभारम्भ गर्दै पत्रकार प्रकाश बरालले पत्रकारिताको परिचय र समाचार लेखन सम्बन्धी जानकारी दिदै उहाले समाचार सत्य तथ्य र निष्पक्षरुपमा लेख्नु पर्ने मा जोड दिनु भएको हो ।
नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले तालिमले विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो ।
तालिममा पर्यटन पत्रकारितासँगै फोटो भीडियो पत्रकारिता, समाचार लेखन, नेतृत्व विकास र उद्घोषणको बारेमा तालिम दिइने छ ।
पहिलो दिन पत्रकार टीपी भूषालले पर्यटन र पत्रकारिता सम्बन्धि तालिम दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदीले गर्नु भएको थियो ।