बागलुङ, १० मंसिर । नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा दुर्गा कुँवर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न महासंघको प्रथम अधिवेशनले कुँवरको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हिमाल शर्मा र हिरामणी उपाध्याय, सचिवमा राजु गौतम, कोषाध्यषमा हरि आचार्य, उपसचिवमा राधा देवी सुवेदी ढुंगाना र ससि भट्टराई र सहकोषाध्यक्षमा रेनु हमाल केसी सर्वसम्मत निर्वाचित भएको महासंघका निर्वतमान अध्यक्ष भवनराज बरालले बताउनु भएको हो ।सदस्यहरुमा मातृका आचार्य, राम बहादुर के.सी., ऋषिराम शर्मा, रुपा चापागाई, नारायण शर्मा, अनुप रिजा, तिर्थ कुमारी पौडेल, कुमार पौडेल, युवराज कंडेल, विजय पौडेल र बाबुराम लम्साल रहेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय महासचिव भागिरथ सापकोटाले गर्नुभएको थियो । उहाँले देशको आर्थिक विकास गर्न उद्यमी र व्यवसायीले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सरकारले व्यवसायी र उद्यमीको समस्या समाधानको लागि गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइराला, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय उपाध्याय सञ्जय कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय व्यापार संगठनका पूर्वअध्यक्ष पुनम प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष भवनराज बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेलले गर्नुभएको थियो । यो समाचार khabaraway.com अन्लाइन पत्रीकामा मा प्रकाशित छ ।