मङ्सिर १०,२०८०
पोखरा / मादक पदार्थ सेवन (मा.प.से) गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् ।
गत बिहिबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो ।मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको डिएसपी केसीले बताए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । Nepal press