Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गाँजा र रक्सीलाई ब्राण्डिङ गरेर प्रदेश सरकारले वैधानिकता दिने : मुख्यमन्त्री पाण्डे

  • २ वर्ष अगाडि

बागलुङ / गण्डकी पदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र रक्सीलाई ब्राण्डिङ गरेर प्रदेश सरकारले वैधानिकता दिने बताएका छन् । सहारा युवा क्लबले आयोजना गरेको माघे सक्रमन्ति मेला तथा तेस्रो जैमिनी मेला उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले हिउँदे अधिवेसनमा सरकारले ती बिषयमा कानून बनाउन पहल गर्ने बताए ।

पछिल्लो समय ग्रामीण क्षेत्रको बढ्दो बसाइँसराई, खेतबारी बाँझो र आयातले आर्थिक अवस्था कमजोर भएको भन्दै मुख्यमन्त्री पाण्डेले यी दुई बिषयमा तत्काल वैधानिकताको आवश्यकता देखिएको बताए । ‘गाँजालाई वैधानिकता दिन सकियो भने बाँझो जमिन उपयोग हुन्छ,ु पाण्डेले भने, ‘युवाहरुको आम्दानीको श्रोत समेत बढ्दा विदेश पलायन रोक्न सकिन्छ ।’ उनले उपयोगको मापदण्ड पनि सरकारले बनाउने बताए ।

मुख्यमन्त्री पाण्डेले स्थानीय कोदोबाट बनाइने रक्सीलाई पनि वैधानिकता दिने गरी हिउँदे अधिवेसनमा सरकारले बिधेयक ल्याउने बताए । ‘अहिले लुकेर बनाउने, खुलेर खाने प्रवृत्ति छ,’ उनले भने, ‘कानून बमोजिम उत्पादन र बिक्री गर्ने प्रबन्ध भयो भने खुलेर बनाउने, कर तिर्ने र तोकिएको स्थान र समयमा मात्र खाने व्यवस्थापन हुन्छ ।’

बागलुङ, म्याग्दी लगायतका स्थानमा धेरै पटक गाँजा उत्पादन र ओसारपसार गर्दा दर्जनौं व्यक्ति पक्राउ पर्ने गरेका छन् । अहिले पनि जेलमा अधिकांश अवैध रुपमा गाँजाजन्य पदार्थको कारोवार गरेका, ओसारपसार गरेकाहरु भेटिन्छन् । कानूनले रोक लगाएकोले ती सामाग्री उत्पादन, बिक्री तथा ओसारपसार गर्नेलाई जरिवाना र कैद सजाएको व्यवस्था छ ।

पछिल्लो समय ग्रामीण बस्तीमा बढेको बाँदर आतंक नियन्त्रणमा पनि गाँजाको व्यवसायिक खेती उपयोगी हुने उनको धारणा थियो । ‘बाँदर नियन्त्रणकालागि केही कार्यक्रम बनाएका छौं,ु उनले भने, ‘खेतीपाती खाएर हैरान हुँदा ग्रामीण क्षेत्रबाट बसाई सरेर गाउँ रित्ता भए, अब ती गाउँ भर्नुपर्छ ।’

उनले गाउँमै आयआर्जन गर्ने काम पाएमा युवायुवती बसाई नसर्ने बताए । जैमिनी नगरपालिका ८ को पुरानो गाउँमा बाँदर संरक्षण गर्ने स्थान बनाउन गण्डकी प्रदेश सरकार र नगरपालिकाको संयुक्त कार्यक्रम समेत छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक विकासका धेरै कार्यक्रम जोडेर ल्याउनले उनले बताए ।

‘अब गाउँको आर्थिक बिकासमा जोड दिएर बजेट ल्याउँछौं,ु उनले भने, ‘मुख्य सडकहरु कालोपत्रे गर्ने, गाउँको उत्पादन सहजै बजारमा लैजाने व्यवस्थापन हुन्छ ।’

०४९ अघिसम्म कालीगण्डकी र टिमुरखोलाको संगम जैमिनी घाटमा मेला लाग्ने गरेकोमा ३० बर्षदेखि जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मीसेरामा मेला लाग्दै आएको छ। स्थानीय तह र सहारा युवा क्लबले मेलालाई व्यवस्थापन गर्दै आएका छन् । तीन बर्षदेखि भने व्यवस्थित महोत्सवको रुपमा ७ दिन सम्मको कार्यक्रम गरिदै आइएको छ । माघ ५ गते सम्म चल्ने मेलामा कृषि उत्पादन र घरेलु उद्योगका सामाग्री प्रर्दशनी र बिक्रीकालागि राखिएको छ ।

मेलामा भलिबल प्रतियोगिता र कलाकारहरुको प्रस्तुति समेत राखिएको क्लबका अध्यक्ष सुरेश सुनारले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com