बागलुङ / प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा माघ २२ गतेसम्म संचालन हुने गरि बिद्यालय स्तरीय फुटवल प्रतियोगिता पहिलो दिन ४ खेल सम्पन्न भएको हो ।
पहिलो दिनको पहिलो उद्घाटन खेलमा बिद्यामन्दिर माविलाई २ का बिरुद्ध ४ गोल गर्दै चिल्डे«न लाइफ बोडिङ स्कुल, दोस्रो खेलमा भिमसेन माविलाई शुन्यका बिरुद्ध ४ गोल गर्दै फ्युचर व्राइटर बोडिङ स्कुल, तेस्रो खेलमा न्यु ओयसिस एकेडेमीलाई १ का बिरुद्ध २ गोल गर्दै आदर्श बिद्या मन्दिर मावि र चौथो खेलमा गुराँश बिद्या सदनलाई १ का बिरुद्ध २ गोल गर्दै रुद्रेपिपल मावि बिजयी भएका छन् ।
स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारीता भन्ने नाराका साथ २२ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ बिद्यालय सहभागी भएको प्रेस चौतारी नेपाल बागलुङ शाखाका सचिव अर्जुन कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा बिजेता समुहलाई नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता हुने समुहलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र बिद्यागत खेलाडिलाई पनि पुरस्कृत गरिने कार्कीले बताउनुभयो । उद्घाटन पूर्व नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ जेसीजका बिच मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको थियो । खेलमा बागलुङ जेसीजले ४ गोल गर्दै बिजयी भएको थियो ।