बागलुङ / प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेलको उद्घाटन गर्नको लागि गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी आउनु हुने प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सृजना पन्त जानकारी दिनुभयो ।
भोलि प्रेस चौतारी कपको उपाधि चुम्नको लागी कुन कुन विद्यालय भिड्ने
प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि चुम्नको लागि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आवासीय माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
आज भएको सेमिफाइनल खेलमा पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफले आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ३–० र दोस्रो सेमिफाइनल खेलमा अमर आदर्श आवासीय माध्यमिक विद्यालयले फ्युचर ब्राइटर बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।
चिल्ड्रेन लाईफलाई फाइनलमा पु¥याउन खेलको कप्तान विविध थापाले २० औँ मिनेटमा ,३९ औँ मिनेटमा थम्मन थापाको र ४६ औँ मिनेटमा प्रमोद थापाले गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै गरी अमर आदर्श फाइनल पुर्यानको लागी हेन्सन बोहोराको ३० औँ मिनेटमा गोल गर्दै फाइनलमा पुगेको हो ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनल भोली (सोमबार) दिउँसो १ बजे हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी सहित विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने प्रेस चौतारी नेपाल बागलुङले जनाएको छ ।