बागलुङ । सुनौलो बागलुङ संस्थाले बरेङ गाउँपालिकामा राहत वितरण गरेको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरको तङग्राम स्थित विष्णु बि.क.को घरमा शुक्रवार दिउसो करिब २ः३० बजे आगलागी हुँदा खरको छानो भएको गोठ समेत जलेर घर, गोठ पूर्ण नष्ट भएको र थोरै भए पनि राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको संस्था का केन्द्रीय अध्यक्ष दिलीप प्रतेलले जानकारी दिनुभयो । अध्यक्ष प्रतेलका अनुसार देउसी भैलो मार्फत संकलन भएको रकम र आर्थिक संयोजक चित्र श्रीस को पहल मा पीडित परिवार लाई रकम रु २० हजार सहयोग गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बरेङ गाउँपालिका-२ का वडा सदस्य रन ब बहादुर छेत्रीले मन्तव्य व्यक्त गर्दै संस्थाले धेरै राम्रो काम गरेको र अगामी दिनमा अझै राम्रो गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो कार्यक्रम मा उपसमिति का सदस्य र कार्यवाहक अध्यक्ष सुजिन परियारको अध्यक्षता प्रमुख आतिथ्यतामा बरे गाउँपालिका-२ का वडा सदस्य रन ब छेत्री संस्थाका निवर्तमान सचिव प्रदीप श्रीसको स्वागत र संस्थाका सचिव जीवन ज्ञवाली को सञ्चालन मा सम्पन्न भएको थियो