Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

रविलाई प्रधानमन्त्री अफर गरेको छैन, गृहको दाबी बलियो बनाउन अफवाह फैलाए: कांग्रेस

  • ३ वर्ष अगाडि

काठमाडौँ ।नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएको छ।

बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार साँझ सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सेतोपाटीसँग कुराकानी गर्दै पार्टीका नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

रास्वपा नयाँ गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल छ र उसले उपसभापति डिपी अर्याललाई सोमबार मन्त्रीसमेत बनाइसकेको छ। तर गठबन्धन दलहरूभित्र कसले कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिल्नै बाँकी छ।

रास्वपाले गृह मन्त्रालयसहित चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ। गृहमा माओवादी केन्द्रले पनि दाबी नछाड्दा कुरा मिल्न सकेको छैन।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गृहमन्त्रीका लागि आकांक्षी छन्।

गृहमन्त्री पाए रास्वपा सभापति लामिछाने आफैँ सरकारमा सहभागी हुने सम्भावना छ।

‘गठबन्धन बैठकमा गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएका खबर आएका छन्। त्यसैले उनीहरूले नै कांग्रेसले प्रधानमन्त्री अफर गरेको छ भनेर मनगढन्ते प्रचार गरेको हुनुपर्छ, कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन,’ एक पदाधिकारीले भने।

अर्का पदाधिकारीले पनि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताए।   ‘सरकारमै सामेल भएर मन्त्रीसमेत बनाइसकेको पार्टी सभापतिलाई कसैले प्रधानमन्त्री अफर गर्छ? फेरि कहाँबाट बहुमत जुटाइदिने हो हामीले? यो त अफवाह मात्रै हो,’ ती पदाधिकारीले भने, ‘लामिछानेले नयाँ गठबन्धनमा गृहको दाबी गरिएको र अहिलेसम्म नपाएको सुनिँदै आइएको छ। यही दाबी बलियो बनाउन अफवाह फैलाएका हुन सक्छन्।’ Setopati

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com