बागलुङ । सामाजिक कार्यमा अग्रसर रोट्र्याक्ट क्लब अफ बागलुङले आज देखि रोट्रयाक्ट सप्ताह सुरु गरेको छ ।
आज देखि सुरु भएको सप्ताहमा पहिलो दिन बागलुङ नगरपालिका–४मा रहेको रामानुज आश्रममा दश हजार बराबरको खाद्यान्न तथा फलफूल वितरण गरेको रोट्र्याक्ट क्लब बागलुङकी अध्यक्ष सुस्मिता के सी ले जानकारी दिनुभयो ।
रोट्रयाक्ट सप्ताह अन्तरगत दोस्रो दिन बिहीबार साइबर सेक्युरिटी तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम हुनेछ भने तेस्रो दिन मैत्रीपूर्ण फूटसल, चौथो दिन हाइकिङ, पाँचौँ दिन महिनावारी सचेतना, छैटौँ दिन ट्राफिक सचेतना तथा ट्राफिक बोर्ड व्यवस्थापन र सातौँ दिन रक्तदान सहित समापन गरिने क्लबकी अध्यक्ष के सी ले बताउनुभयो ।