बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले निवासी रियासा पौडेलको चौथो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।जन्मदिनको खर्च कटाए बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयका १४ जना अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री शनिवार वितरण गरिएको हो ।
रियासा पौडेलका बाबा रमेश पौडेल र आमा रिता पौडेलले आफ्नो छोरीको चौथो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री १४ दर्जन कपी, कलम, पेन्सिल बितरण गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षभुपेन्द्र केसीले जानकारी दिनुभयो ।
विद्यालयमा १४ जना अपाङ्गता भएका बालबालीकाले आवासीय सुविधा सहित अध्ययन गर्दै आएको विद्यालयकानिमित्त प्रधानध्यापक सृजना पौडेलले जानकारी दिनुभयो ।
शैक्षिक सामाग्री वितरणमा बागलुब नगरपालिका–१ रामरेखाका बालमैत्री सहजकर्ता सरीता शर्मा गौतमले समन्वय गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षता तथा शिक्षक रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको हो ।