बागलुङ । असल नियत भएका सहकारीले गरेका कामको प्रचार नहुने र गलत नियत भएका सहकारीले नियम कानुनको पालना नगर्दा सहकारी प्रति सर्वसाधारणको विश्वास घटेको सरोकारवालाले बताएका छन् । पछिल्लो समय सहकारीका नाममा ठगि गर्नेहरु सकृय हुदा राम्रा कामगरेका सहकारी ओझेलमा परेको उनीहरुले गुनासो गरे ।
६७औं राष्ट्रिय सहकारी दिवसको अबसरमा बागलुङ नगरपालिका, जिल्ला सहकारी संघ रसूचना तथा सञ्चार सहकारी संघले संयुक्तरुपमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले केही सहकारीमा देखिएको समस्यालाई सबैसहकारीसँग जोडिएकोमा चिन्ता व्यक्त गरे ।
“सहकारी बिनियममा चल्दैनन्, सहकारीकर्मीको गाडी हुन्छ, पाँचतले घरमा कार्यालय हुन्छ, बैंक र सहकारी छुट्टाउनै गाह्रो हुने”बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने “सहकारी कर्मीको रवैया देख्दानै थाहा हुन्छ, यो सहकारी गलत हो वा सहि ।” ऋणीले ऋण नतिर्दा मात्रै सहकारीमा समस्या नरहेको भन्दै उनले ऋण लिनेलाई मात्रै होईन दिनेले पुरा गरेका प्रकृयाको समेत अनुगमन र कारवाही आवश्यक रहेको उनले बताए ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले सहकारीमा देखिएका समस्या अल्झेर बन्नुबाट रोक्नुपर्ने बताए । राम्रा सहकारीका कामका बिषयमा चर्चाआवश्यक रहेको भन्दै थापाले गलत गर्ने सहकारीलाई समयमै कारवाही आवश्यक रहेको बताए ।
बागलुङ नगरपालिकाका प्रवक्ता चक्र बहादुर खत्रीले सहकारी जनताका साथी बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका सचिव बिजय रानाले बिधिमा चल्न सहकारीहरुलाई सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुसर जिसीले कार्यक्रममा सहकारीका बिषयमा प्रस्तुसतीकरण गरेका थिए । जिल्ला सहकारी संघ बागलुसङका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, बागलुङ नगरपालिकाको सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माको स्वागत र सूचना तथा सञ्चार सहकारी संघका कोषाध्यक्ष तारानाथआचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।